logo

चितवन महोत्सवको मुख्य प्रायोजक बन्यो टेस्ला

    973   पटक पढिएको

२१ मंसिर /अर्थ र व्यापार– टेस्ला एयर कन्डिसनर १३ औं चितवन महोत्सवको मुख्य प्रायोजक बनेको छ । आगामी २५ पुसदेखि ४ माघसम्म चितवनको नारायणी नदी किनारमा हुने महोत्सवमा टेस्ला प्रमुख प्रायोजक बनेको हो । चितवन महोत्सव कोभिड १९ महामारीका कारण गत वर्ष हुन सकेको थिएन । २०५३ सालदेखि हरेक २ वर्षमा आयोजना हुँदै आएको महोत्सवको १२ औं संस्करणको प्रमुख प्रायोजक पनि टेस्ला नै थियो ।
टेस्लाका अध्यक्ष किरण आचार्यले महोत्सवको प्रमुख प्रायोजक बन्न पाउँदा खुसी लागेको बताए  । उनले अघिल्लो पटकको मुख्य प्रायोजक समेत रहेको टेस्लाले महोत्सवलाई सफल बनाउन सम्पूर्ण शक्ति लगाउने बताए ।
उद्योग वाणिज्य संघ चितवन आयोजक र भरतपुर महानगरपालिका एवं जिल्ला समन्वय समिति चितवन महोत्सवको प्रबन्धक रहेका छन् । टेस्ला चितवन स्थित भूलक्ष्मी ग्रुपले उत्पादन गर्दै आएको नेपाली ब्रान्डको एयर कन्डिसनर हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।