logo

२०औं वार्षिकोत्सव मनाउँदै मेटलाइफ 

    1174   पटक पढिएको

२० मंसिर/ अर्थ र व्यापार – मेटलाइफ नेपालले स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । २०५८ साल मंसिरमा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेको मेटलाइफले यो साता स्थापनाको २० वर्ष मनाउन लागेको हो ।
सञ्चालनदेखि नै मेटलाइफले थुप्रै बीमा सेवा तथा सुविधाहरुको शुरुवात, प्रतिभा विकासमा टेवा, तथा देशभरि छरिएका धेरै मानिसहरुलाई लघुबीमा मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बीमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
संसार परिवर्तनशील छ र निरन्तर परिवर्तन भइरहन्छ, यस परिवर्तनशील संसारमा एउटै स्थिर कुरा भनेको नेपालमा बसोबास गर्ने व्यक्ति, परिवार र समुदायलाई थप आत्मविश्वासी भविष्य निर्माण गर्न मद्दत गर्ने मेटलाइफको प्रतिवद्धता रहेको छ,’ मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बताए ।
यसैगरि, उनले नपालमा मेटलाइफको २०औं सफल वर्षोत्सव मनाइरहँदा आफ्नो जीवनको हिस्सा बनाउने कम्पनीका ग्राहकहरु प्रति कृतज्ञता व्यक्त गरे भने कम्पनीलाई ग्राहकहरु प्रतिगुणस्तरीय सेवा तथा उत्कृष्ट अनुभव प्रदान गर्न प्रोत्साहन तथा सक्षम बनाउन सहयोग गर्ने बीमा क्षेत्रका नियामक संस्थाहरु, खटिएका कर्मचारी तथा एजेन्टहरु, तथा अन्य व्यापार साझेदारहरुलाई पनि धन्यवाद व्यक्त गरेका छन् । यसरी मेटलाइफले देशको जीवन बीमा क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्दै आफ्ना ग्राहकहरुमाझ अझ उत्कृष्ट सुरक्षा योजनाहरुका साथै प्रविधिमय अनुभवहरुको निरन्तर विकासमा अग्रसर रहिरहने उपाध्यक्ष तथा महाप्रबन्धक श्रेष्ठले बताए ।
विगत २० वर्षमा मेटलाइफ नेपालले २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको दाबी भुक्तानी, रोजगार तथा तालिमका अवसरहरु मार्फत ४० हजारभन्दा बढी पेशाको श्रृजना, २ हजार करोडको जीवन बीमा कोष तथा २ अर्ब ७४ करोडको जगेडा कोषको स्थापना गरि वित्तीय स्थायित्व कायम गरिसकेको छ । हाल मेटलाइफले नेपालमा १४ लाखभन्दा बढी ग्राहकहरुलाई जीवन बीमा सुरक्षण प्रदान गरिरहेको छ ।
मेटलाइफले व्यापारमा मात्र नभई आफ्ना ग्राहक, समुदाय र समाज कल्याणमा सकारात्मक प्रभाव पार्न सक्ने प्रयासहरु गर्दै आएको छ । मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । 
नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।