logo

यामाहा रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्ज 

    1137   पटक पढिएको

१९ मंसिर / अर्थ र व्यापार – रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको सर्व विदितै छ । जनवरी २४, २०२१ मा, यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्जमा सुनील राजवंशी प्रतिलिटर ७८.८२ किलो मिटर माइलेजका साथ अन्तिम विजेता बने । फेरी, उच्चतम फ्यूल इफिसिएंसीका लागि रेजेडआर १२५ एफआई स्कुटरको ¥याली शुक्रबार आयोजना गरिएको थियो ।
काठमाडौको बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको दौड यामाहा शोरुम बल्खुबाट सुरु भएको हो । सबै रेजेडआर १२५ एफआइ चालकहरूलाई यामाहा शोरूम, बल्खुमा बिहान ९ बजे ¥याली सुरु गर्न बिहान ९ बजे आइपुग्न भनिएको थियो । बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको ट्रेलको कुल दूरी करिब १६ किलोमिटर रहेको थियो ।
यस पटकको ¥यालीको बिजेता प्रति लिटर ६१.४२ किलोमिटरका साथ उज्वला घिमिरे बनिन् । त्यसैगरी, प्रति लिटर ५८.९६ केमीका साथ सुमन महर्जन दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । र सुनिल लम्साल प्रति लिटर ५७.६ केमीका साथ तेस्रो भएका छन् ।
यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । बजारमा प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज प्रदान गर्ने  एक मात्र स्कुटर हो । नयाँ रेजेडआर १२५ एफआईलाई बएस सिक्स् अनुरूप, एयर–कूल्ड, फ्युल–इन्जेक्टेड  १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली  बनाइएको छ 
‘नेपालका अटोमोबाइल कम्पनीहरूले आफ्नो बाइक वा स्कुटरको माइलेज लिखित रूपमा मात्र दाबी गर्छन् । तर, यामाहाका लागि एमएडब्लु इन्टरप्राइजले त्यो प्रवृत्तिलाई परिवर्तन गरेको छ । हामी विश्वास गर्छौँ कि यो माइलेज प्रतियोगितासँगै ग्राहकहरू रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुनेछन् । र हामीलाई आशा छ यो यस प्रतियोगिताले यस स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत गर्ने छ’ एमएडब्लु इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने ।
बाइक इन्डिया अवार्डले भर्खरै यामाहा नेपाललाई रेजेडआर १२५ एफआईलाई वर्षको उत्कृष्ट स्कुटर अवार्ड प्रदान गरेको छ । अवार्डसँगै स्कुटरको लोकप्रियता र विश्वसनीयता बजारमा थप चुलिएको भन्दै यामाहा नेपालले आगामी दिनमा पनि आफ्ना ग्राहकहरूमा विश्वास बनाइराख्न  ग्राहकलाई नै संलग्न गरी यस किसिमका ¥याली निरन्तरता दिइरहने बताएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।