logo

डाबर नेपाल, इसीमोड, र तालकोल्लाबीच टिमुर खेती गर्ने सम्झौता 

    1280   पटक पढिएको

१९ मंसिर / अर्थ र व्यापार – वन पैदावारको संरक्षण गर्दै उत्पादकत्व बढाउने उद्देश्यले बैतडीमा टिमुर खेती गरिने भएको छ । यसका लागि इसीमोड, डाबर नेपाल र तालकोल्लाबीच त्रिपक्षीय समझदारी भएको हो । भौगोलिक र हावापानीका हिसाबले बैतडीमा टिमुर खेतीको सम्भावना राम्रो भएकाले सो परियोजना शुरू गर्न लागिएको हो ।
जसकालागि तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह सिएफयूजी, डाबर नेपाल प्रावि र इसीमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्दैछ । यस सार्वजनिक–निजी–सामुदायिक साझेदारीले पर्यावरण पुर्नस्थापना, जीविकोपार्जनका विकल्पहरुलाई बढवा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको सो कम्पनीले जनाएको छ । सम्झौतामा इसीमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो र डाबर नेपाल र म्यानमारका बिजनेस प्रमुख हरकरत सिंह बेदीले हस्ताक्षर गरेका हुन् । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।