logo

फागुनबाट मनकामना केवुलकारले टप स्टेशनमा रिसोर्ट सञ्चालनमा ल्याउने, ३५ करोड रुपैयाँ लगानी

    1023   पटक पढिएको

८ मंसिर/अर्थ र व्यापार – मुलुककै पहिलो केबलबार सेवा प्रदायक कम्पनी चितवन को–ई समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा संचालित मनकामना केवुलकारले आगामी फागुनबाट मनकामना केवुलकारको टप स्टेशनमा रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । सो रिसोर्ट करिब ३५ करोड रुपैयाँ भन्दाबढी लगानीमा सञ्चालनमा ल्याउन लागिएको हो । 
मनकामना केबलबारले बुधबारबाट आफ्नो व्यवसायी संचालनको २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको अवसरमा सो रिसोर्ट सञ्चालनमा ल्याउन लागेको जानकारि गराएको हो । 
यो अवसरमा कम्पनीले मनकामनामा आगामी फागुनदेखि नै रिसोर्ट सञ्चालनमा ल्याउने बताएको हो । जसकालागि सो कम्पनीले मनकामना केबलकारको टप स्टेशन नजिकै ९ रोपनी जग्गामा ४० कोठाको सुविधासम्पन्न स्तरीय रिसोर्ट सञ्चालनमा ल्याउने छ । रिसोर्टमा रेष्टुरेन्टसँगै एकसय सिट क्षमताको कन्फरेन्स हल रहने छ । सञ्चालनको अवधीमा यस रिसोर्ट निर्माणमा कुल ३५ करोड १८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको सो कम्पनीले जनकारी दिएको छ । 
सो रिसोर्ट करिब डेढ वर्षमा कार्य सम्पन्न गर्न लागिएको हो । यसबाट मनकामना क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वमा थप विकास हुने, स्थानीय रोजगारी सृजना हुने, सो क्षेत्रको प्रत्यक्ष अप्रत्यक्ष सबैले प्रतिफल पाउने विश्वास लिइनुकासाथै मनकामना क्षेत्रमा स्तरीय पर्यटकको आवागमन एवं बसाई बढने अपेक्षा गरिएको सो कम्पनीले जनाएको छ । 
२०५५ सालको ८ मंसिरबाट संचालनमा आएको यस केवुलकारले संचालनदेखि हालसम्म करिब १ करोड ६० लाखजना यात्रु तथा भक्तजनहरूलाई स्तरीय सेवा प्रदान गरिसकेको जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।