logo

एसजी ग्रुपद्वारा ग्यास प्रयोगबारे सचेतना फैलाउन कलाकारद्दोय दीपक र दीपालाई बनायो ब्रान्ड एम्बेसडर

    922   पटक पढिएको

५ मंसिर / अर्थ र व्यापार – खाना पकाउने एलपी ग्यास क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको एसजी ग्रुपले कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलालाई ब्रान्ड एम्बेसडर नियुक्ति गरेको छ । ग्यास उद्योग क्षेत्रमै पहिलोपटक ब्रान्ड एम्बेसडर नियुक्त गरेको ग्रुपले ग्यास प्रयोगबारे सचेतना वृद्धि गर्न कलाकारद्वय गिरी र निरौलासँग सहकार्य गर्ने जनाएको छ ।
नेपाल आयल निगमका अनुसार मुलुकभर ५८ ग्यास उद्योग छन् । त्यसमध्ये एसजी ग्रुपमातहत ७ उद्योग रहेका छन् । ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार सुनसरीमा प्रिमा र कामख्य ग्यास, मकवानपुरमा साहारा ग्यास, काठमाडौंमा एभरेस्ट ग्यास, धादिङमा सुगम ग्यास, भैरहवामा त्रिशूल ग्यास र धनगढीमा सैपाल ग्यास उद्योग छन् । यी सबै उद्योगको २० लाख ग्यास सिलिन्डर बजारमा छन् । यसबाट सात लाखभन्दा बढी घरपरिवार लाभान्वित भइरहेको उनले बताए ।
‘वर्षेनी  ग्यासको खपत बढ्दै गएको छ । सँगसँगै यसको प्रयोग गर्न नजान्दा दुर्घटना पनि निम्तिरहेका छन्,’ घिमिरेले भने, ‘ब्रान्ड एम्बेसडरले ग्यास प्रयोगबाट दुर्घटना न्यूनीकरण हुने गरी सचेतनामूलक कार्यक्रम गरी आमउपभोक्तामा जागरण पैदा गर्न सहयोग मिल्ने विश्वास लिएको छु ।’
एसजी ग्रुप मातहतका ग्यास उद्योग पूर्वदेखि पश्चिमसम्मका सबै उपभोक्तालाई सेवा दिइरहेकाले सचेतना वृद्धिका कार्यक्रम गर्नु जरुरी रहेको घिमिरेले बताए । ‘अरू उद्योगीका एक–दुईवटा उद्योग छन् र उहाँहरूको कार्यक्षेत्र सानो छ । तर, हामी देशभर पैmलिएर ग्यास कारोबार गरिहेकाले सबै उपभोक्तालाई सचेतना कार्यक्रम गर्न सजिलो हुने देखेर ब्रान्ड एम्बेसडर नियुक्त गरेका हौँ,’ उनले भने ।
हाल यस ग्रुप मातहत ३ हजारभन्दा बढी ग्यास डिलर रहेका छन् । यसैगरि, उनले ग्रुपले सातवटै ग्यास उद्योगलाई सञ्चालन गर्ने गरी ‘एभरेस्ट ग्यास संसार’ कम्पनी खोलेको र सबै कारोबार तथा सचेतना वृद्धिका कार्यक्रम पनि सोही कम्पनीबाट सञ्चालन हुने बताए ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।