logo

आईएमईको ‘डबलको डबलको डबल’ बम्पर उपहार, डेढ लाख पठाउने दाहालले पाए साढे १२ लाख

    1053   पटक पढिएको

२ मंसिर / अर्थ र व्यापार – रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आइएमईको डबलको डबलको डबलको बम्पर’ उपहार पाउने विजेता घोषणा गरेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत विजेता घोषणा गरेको हो । 
जसमा दुबईबाट आफ्ना परिवारलाई आइएमई मार्फत् १ लाख ५६ हजार ५५८ रुपैयाँ रेमिट्यान्स पठाउने दोखलाका जीवेश दाहालले आईएमईको बम्पर उपहार प्राप्त गरेका छन् । विजेता दाहालले सो बम्पर उपहार अन्तर्गत १२ लाख ५२ हजार ४६४ रुपैयाँ प्राप्त गरेका हुन् ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आईएमई रेमिटका ब्राण्ड एम्बेस्डरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले लक्की ड्रमार्फत् विजेता घोषणा गरेका थिए ।
सोही अवसरमा दोखलामा रहेकी विजेता दाहालकी श्रीमतीलाई ब्राण्ड एम्बेस्डर गिरी र निरौलाले द्वयले फोन सम्पर्क गरी बधाई समेत दिएका थिए ।
आईएमर्ई रेमिटले दशैं, तिहार र छठ पर्वको अवसरमा ८ साता लामो ‘डबलको डबलको डबल’ अफर सञ्चालन गरेको थियो । जसमा हरेक साता एक÷एक जना विजेता घोषणा गरि उनीहरुले पाउने नियम अनुसारको रकम वितरण गर्दै आएको थियो ।
बिहीबारकै कार्यक्रममा ८औं हप्ताको विजेता समेत घोषणा गरिएको थियो । जसमा ८औं हप्ताको विजेता मुनाल क्षेत्री विजेता घोषणा भएका छन् ।
क्षेत्रीले आईएमई मार्फत् ४३ हजार रुपैयाँ रेमिट्यान्स पठाएकोमा ८६ हजार रुपैयाँ प्राप्त गरेका छन् । क्षेत्रीलाई कार्यक्रममै चेक प्रदान गरिएको थियो । 
सो कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले व्यवसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको बताए । हाल नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्राउने प्रक्रिया पनि सुरु भइसकेकोले यसमा साथ दिन सबैलाई आग्रह गरे ।
‘आजभन्दा २० वर्ष अघि नेपालमा २० प्रतिशत औपचारिक रुपमा र बाँकी अनौपचारिक रुपबाट स्वदेशमा पैसा आउँथ्यो, तर अहिले ठ्याक्कै उल्टो भएको छ, यसमा हामीले महत्वपूर्ण काम गरेको आभास भएको छ, देशमा रेमिट्यान्स भित्राउन र समग्र अर्थतन्त्रमा योगदान पु¥याउनका लागि महत्वपूर्ण काम गरेको हाम्रो बुझाई छ ’ उनले भने । 
यसैगरि, उनले अहिले रेमिट्यान्स लगानीमा भन्दा पनि उपभोगमा गईरहेको भन्दै अब भविश्यका लागि पनि ‘लङ टर्म इन्भेष्टमेन्ट’ गर्नु पर्ने बताए । लगानीबाट राम्रो प्रतिफल आउने भएकाले पनि रेमिट्यासन्लाई सही सदुपयोग गर्न उनले सबैलाई आग्रह गरे ।
यस्तै, कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन पोखरेलले आईएमई जहिले पनि हाम सर्वसनधारणको सहजका लागि काम गर्ने संस्थाका रुपमा विकास भएको बताए । उनका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा होस् वा अन्य समयमा पनि आम सर्वसाधारणहरुका समस्या समाधान गर्ने प्रयास आईएमईले वर्षेनी गर्दै आएको बताए ।
उनले पनि आईएमईले औपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्राउनका लागि गरेको पहल स्मरण गर्दै अब डिजिटल रेमिट्यान्सको विकल्प नरहेको पनि प्रष्ट पारे । ‘अबको प्रविधिको हो, हामीले डिजिटल रेमिट्यान्सको सुरुवात गरिसकेका छौं ,यसको राम्रो प्रतिक्रिया आइरहेको छ, कोठामै बसेर कम खर्चमा रेमिट्यान्स पठाउन सकिन्छ,’ उनले भने । यसैगरि, उनले कार्यक्रममा नेपालमा रेमिट्यान्स कम आउनुको कारण पनि बताएका थिए । कार्यक्रममा ब्राण्ड एम्बेस्डर द्वय गिरी र निरौलाले पनि धारणा राखेका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।