logo

चौधरी समूहले किन्यो जीबी फुड्स रसियाको स्वामित्व, अब युरोपियन बजारमा पनि वाईवाई विस्तार हुने 

    1244   पटक पढिएको

१२ कात्तिक/अर्थ र व्यापार – नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी समूह अन्तर्गतको सीजी फुड्सले रसियाको गालिना बालान्का (जीबी फुड्स) कम्पनी किनेको छ । चर्चित चाउचाउ ब्रान्ड वाईवाई उत्पादन गर्दै आएको सिजी फुड्सले गालिना बालान्का रसिया तथा सीआईएस (कमनवेल्थ अफ इन्डिपेन्डेन्टस स्टेट) लाई किनेको हो । 
सिजी ग्लोबल कर्पले यो कम्पनीको स्वामित्व लिएको जानकारी दिएको छ । जीबी फुड्सको रसियामा रहेको सो कम्पनी खरिद बिक्रीको सम्झौता भएको सिजी फुड्सले जानकारी दिएको छ । 
जीबी फुड्स स्पेनिस ब्रान्ड हो । यसको रसिया तथा सीआईएस क्षेत्रको स्वामित्व सीजीले किनेको बताइएको छ । ’जीबी फुड्को रसिया÷सीआईएस को ब्यापार स्वामित्व सिजी फुड्समा आएको छ । सीजी कर्प ग्लोबल अन्तर्गत यसको स्वामित्व आएपछि सीजी फुड्सका नाममा कम्पनीको रुपान्तरण हुने विश्वास छ’ कम्पनीले भनेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।