logo

८ करोड लगानीमा पोखराको शान्तिनगरमा खुल्यो सेलवेजको २९ औं शाखा

    1383   पटक पढिएको

२१ असोज / अर्थ र व्यापार– सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराको शान्तिनगरचोकमा २९ औं शाखा बिस्तार गरेको छ । बिहिबारदेखि पोखरा महानगरपालिका–७ शान्तिनगरस्थित बराल पेट्रोल पम्पसँगै रहेको व्यापारिक भवनबाट औपचारिक सेवा शुभारम्भ गरेको सेलवेज डिपार्टमेन्टल स्टोर र सेल्सबेरी डिपार्टमेन्टल स्टोरका गण्डकी प्रदेश प्रमुख दयाल गिरीले जानकारी दिए ।
पोखरामा शान्तिनगरमा नयाँ सेवा विस्तार गरिएको शाखा पोखराका लागि छैटौं तथा समग्रमा २९ औं शाखा हो । प्रमुख व्यवस्थापक दयालको अनुसार यसको लागत करिब ८ करोडको रहेको छ । यस नयाँ शाखामा खाद्य सामग्रीका सम्पूर्ण सामान र लेकसाईडका होटल तथा रेष्टूरेन्टका लागि आवश्यक पर्ने सबै सामग्रीहरु पाइने गिरिले बताए ।
स्टोरको भुईंतलामा खाद्य सामग्री र सौन्दर्यका सामग्री राखिएको छ । पहिलो तलामा इलेक्ट्रोनिक सामग्री र दोश्रो तलामा आधुनिक फर्निचरका सामग्रीहरु राखिएको छ ।
पोखरा शान्तिनगरमा खोलिएको यो शाखाबाट शुभारम्भको अवसरमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ भने फ्रि होम डेलिभरीको व्यवस्था समेत गरिएको गिरीले बताए ।
सेलवेजले सन १९९३ देखि पोखराको चिप्लेढुंगाबाट सामान्य खाद्य पसलबाट सेवा आरम्भ गरेको थियो । तर अहिले देशका विभिन्न ठाउँबाट सेवा दिँदैं आएको छ । निकट भविष्यमै पोखरा र लेखनाथका केही स्थानमा आउटलेट विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
विशेषतः सेलवेज डिपार्टमेन्टल स्टोर प्रा।लिले पोखरा र काठमाडौंका विभिन्न स्थानका शाखाहरुबाट सेवा दिईरहेको छ । काठमाडौंको सातदोबाटो, सितापाईला, महाराजगञ्ज, चक्रपथ, झम्सिखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकन्थली, नयाँबस्ति, पेप्सिकोला, मुलपानी, मैजुवहाल, ककनी, सुकेधारा, हात्तिगौंडा, धापासी, पुरानो बानेश्वर, मध्येबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर र भैंसेपाटीमा यसको शाखाहरु संचालनमा रहेका छन ।
पोखराको सेलवेज काठमाडौं सन् २००४ मा प्रवेश गरेको हो । २०१४ बाट सेल्सबेरीको नामबाट पनि शाखाहरू संचालनमा आएका थिए । यी दुई कम्पनी सिस्टर कम्पनीका रुपमा संचालनमा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले नयाँ वर्ष २०७९ सालबाट काठमाडौंको महाराजगञ्जमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न मल संचालनमा ल्याउने तयारी गरिरेहेको छ । यता कास्कीको लेखनाथमा नयाँ शाखा बिस्तारको तयारी पनि गरिएको प्रमुख व्यवस्थापक दयाल गिरिले जानकारी दिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।