logo

बिओके क्यापिटल मार्केटले १८ प्रतिशत लाभांश दिने 

    1670   पटक पढिएको

२१ असोज / अर्थ र व्यापार – बिओके क्यापिटल मार्केट लिमिटेडले १८ प्रतिशत लाभांश दिने भएको छ । बिओके क्यापिटल मार्केट लिमिटेडको छंैटौ वार्षिक साधारण सभाले यस्तो निणर्य गरेको हो ।   क्यापिटल मार्केटको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सो साधारण सभा सम्पन्न भएको हो । 
साधारण सभाले आर्थिक वर्ष २०७७/ ७८ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आव  २०७७/ ७८ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी २१ करोड रुपैयाँको १८ प्रतिशतका दरले हुने रकम  ३ करोड ७८ लाख रुपैयाँ नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो । यसैगरि, सो साधारण सभाले विशेष प्रस्ताव अन्र्तगत यस क्यापिटल मार्केटको रजिष्ट्रर्ड कार्यालय काठमाडौँ महानगरपालिका–१ नक्सालमा रहने प्रस्ताव पारित गरेको छ ।
सो साधारण सभा समारोहमा बिओके क्यापिटल मार्केट लिमिटेडको संचालक समितिका अध्यक्ष मिश्रले यस क्यापिटल मार्केटको उद्देश्य प्राप्तीका लागी सहयोग पु¥याउने शेयरधनि, ग्राहक, तथा सरकारको सम्बन्धीत निकाय लगायत नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडियस एण्ड क्लियरीङ्ग लिमिटेड प्रति सञ्चालक समितिको तर्फबाट धन्यवाद व्यक्त गरे । 
बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेडले ग्राहकहरुलाई उत्कृष्ट सेवाहरु दिदै आईरहेको छ । आगामी दिनमा प्रविधीहरुको उच्चतम् प्रयोग गरी ग्राहकमैत्री सेवाहरु प्रदान गर्दै जाने विश्वास यस क्यापिटल मार्केटले लिएको सो कम्पनीले जनाएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।