logo

सिटी सेन्टरको चाडपर्व योजना, आकर्षक छुट तथा उपहार पाइने

    1684   पटक पढिएको

१९ असोज / अर्थ र व्यापार – काठमाडौंको मुटुमा रहेको कमलपोखरी स्थित सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो ।
किनमेल गर्ने ग्राहकहरुलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालीको चाडपर्व योजनामा दायरा फराकिलो पारेको छ । गत १६ असोज देखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामाले हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ ।
शपिङ्ग मलमा आउने ग्राहकलाई डेल्ली लक्की ड्र, शपिङ्ग भौचरका साथै विक्ली लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने छ । लक्की ड्रको कुपन मार्फत विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिने छ ।
यस बाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरुले यस पावन अवसरमा ५० प्रतिशतसम्मको छुट, बाइ वान गेट वान फ्रिलगायतका अन्य आकर्षक छुट तथा योजनाहरु समेत प्रदान गर्नेछन् । विश्वभरी फैलिएको महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डलाई पूर्ण पालनामा जोड दिएर, सरकारी निर्देशन अनुसार सिटी सेन्टर पुनः सञ्चालनमा ल्याएको हो ।
यसै अवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पनदनको मेला समेत सुरु भएको छ । आगामी २१ असोजबाट सिटी सेन्टरमा रहेका ३ वटै फिल्महल पुनः संचालनमा आउने सिटी सेन्टरले जनाएको छ । चाडपर्व लक्षित मलको योजना एवं फिल्म हल संचालनमा आएपछि ग्राहकको आकर्षण बढ्नेमा सिटी सेन्टर व्यवस्थापन विश्वस्त रहेको छ । यो योजना आगामी २४ कात्तिक (छठ पर्व) को दिनसम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।