logo

यतीको पर्वतीय उडान १० असोजबाट,स्वदेशी र भारतीयलाई जम्मा ८८४८ रुपैयाँ 

यो भाडादर सगरमाथाको उचाई बराबरको आकर्षक राखिएको कम्पनीको भनाई  

    1376   पटक पढिएको

६ असोज / अर्थ र व्यापार – निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले कोरोना महामारीको दोस्रो लहरका कारण बन्द गरेको पर्वतीय उडान (माउन्टेन फ्लाईट) पुन सुरु गर्ने भएको छ । यती एयरलाइन्सले आगामी १० असोज देखि रोकिएको पर्वतीय उडान पुनः सुरु गर्ने भएको हो । 
नयाँ भेरियन्टसहित फैलिएको कोरोना महामारिबाट बच्न गरिएको दोश्रो लकडाउन एवं निशेधाज्ञापछि रोकिएको यती एयरलाइन्सको पर्वतीय उडान पुनः सुचारु गर्न लागिएको सोे वायुसेवाले कम्पनीले जानकारी दिएको छ । 
अब वर्षा पनि केही कम हुने र मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर–मार्च महिना उपयुक्त मानिने भएकोले उडान सुचारु गर्न लागिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
अहिलेका लागि हरेक आइतवार एक उडान भर्ने गरि बुकिङ खुल्ला गरिएको जानकारि गराउँदै उनले  साताको पहिलोदिन प्रत्येक आइतबारका लागि एटीआर ७२ विमान मार्फत एउटा पर्वतीय उडान हुनेगरि तालिका निर्धारण गरिएको बताए । प्रवक्ता बर्तौलाका अनुसार यस्तो उडानमा रमाउने  यात्रुहरुको माग बमोजिम यस कम्पनीले विस्तारै पर्वतीय उडान संख्या थप गर्दै जाने लक्ष्य लिएको छ । हालका लागि स्वदेशी र भारतीय नागरिकका लागि सगरमाथाको उचाई बराबरको ८,८४८ रुपैयाँको आकर्षक भाडादरमा पर्वतीय उडानको टिकट खरिद गर्न पाइने  सो कम्पनीले जनाएको छ ।
अन्य मुलुकका विदेशी नागरिकका लागि भने प्रति व्यक्ति १३ हजार दुई सय ७५ रुपैयाँ भाडादर कायम गरिएको प्रवक्ता बर्तौलाले जानकारी दिए । पहिलो लकडाउन पछि खुलेको पर्वतीय उडानमा पनि यतीले यहि भाडा दरमा उडान भरेको थियो ।  नेपाली यात्रुहरू तथा आवासीय विदेशी नागरिककालागी छुट्टाछुट्टै प्यागेज ल्याएको यतीले २ वटा टिकट खरिद गर्नेहरुका लागि भने क्रमशः ९ हजार ८ सय ४८  र १४ हजार सात सय पचहत्तर रुपैयाँ भाडादर तोकेको छ ।
यस्तो टिकट खरिद गर्दा भने यात्रुहरुले एउटा झ्याल भएको र अर्को संगैको झ्याल नभएको सिट प्राप्त गर्नेछ्न । पर्वतीय उडानका टिकटहरु नजिकको ट्राभल एजेन्सी, यतीको मोबाइल एप्स र अनलाईन मार्फत खरिद गर्न सकिने सो कम्पनीले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।