logo

ग्याँस उद्योग संघको अध्यक्षमा कुश मल्ली निर्वाचित 

    1216   पटक पढिएको

१ असोज / अर्थ र व्यापार – नेपाल एलपी ग्याँस उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्विरोध निर्वाचित भएका छन् । संघको बिहीबार सम्पन्न साधारणसभाबाट मल्ली निर्विरोध निर्वाचित भएका हुन् ।
साधारणसभापछि  सुरु भएको चुनाबी प्रक्रिया अघि बढेर विजयहरी शर्मा र पूर्व अध्यक्ष सावरमल अग्रवालले अध्यक्षमा मनोनयन गरेपनि मल्ली सर्वसम्मत भएका हुन्। अध्यक्षमा निर्वाचित भएका मल्लीको हाल राजधानी, एचपी र आरती ब्रान्डका ग्याँस छ । 
संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारीले सर्वसम्मत नेतृत्वका लागि पहल गरेका थिए । सहमतिका लागि भण्डारी, पूर्व अध्यक्ष शिवप्रसाद घिमिरे, राजेन्द्र डल्लाकोटी, जीतबहादुर कार्की र राजेन्द्र कावराको समिति समेत बनाइएको थियो । यसैगरि,संघको विशिष्ट सदस्यमा राजेन्द्र डल्लाकोटी चयन भएका छन्।
उनी संघको नेतृत्वले व्यवसायिक हितमा काम नगरेको भन्दै चार वर्ष अघि वाहिरिएका थिए । केही दिन अघि मात्रै डल्लाकोटी संघमा फर्किएका थिए। श्रीकृष्ण ग्यासका संचालक रहेका डल्लाकोटी  पूर्व उपाध्यक्ष समेत हुन् । संघको बरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास निर्विरोध भएका छन्।
महासचिवमा कृष्णभक्त श्रेष्ठ, कोषाध्यक्षमा धर्मराज बर्तौला र सचिवमा आशिष जाजोदिया निर्विरोध निर्वाचित भएका छन् । संघको कार्यसमितिका सदस्यहरुमा लोकहर्ष शाक्य, बाबुराम पोखरेल, सुनिल सिन्हा, मनोजकुमार बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे र राजकुमार सिन्धी निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।