logo

आइएमईले ल्यायो दसैं अफर, पैसा पठाएको रकमको आठ गुणा बढी पुरस्कार पाइँने

    1362   पटक पढिएको

१ असोज / अर्थ र व्यापार – आइएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । १ असोजदेखि आगामी २६ कात्तिकसम्मको ५७ दिनका लागि सो कम्पनीले यो नयाँ योजना ल्याएको जनाएको छ । 
कम्पनीका अनुसार आइएमईका एजेन्ट, आइएमई पे र बैंक ट्रान्सफर गर्दा हरेक साता दुई जनालाई पठाएको रकमको दुई गुणा, हरेक महिना दुई जनालाई डबलको डबल चार गुणा र बम्परमा एक जनालाई डबलको डबलो डबल आठ गुणा रकम दिइने छ । आइएमई पेमा रकम प्राप्त गर्दा दुईसय थप बोनसको व्यवस्था हुने सो कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले ग्राहकले आइएमईप्रति देखाएको भरोसा अनुसार यस नयाँ योजना ल्याएको बताए । यसैगरि, आइएमईका महाप्रवन्धकद्धय खिलेन्द्र पौडेल र रुद्रराज पौडेलले योजनाका बारेमा जानकारी गराएका थिए । कम्पनीका अनुसार सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनोट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । योजनामा आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायिक साझेदार(एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।