logo

एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु 

    1451   पटक पढिएको


२२ भाद्र / अर्थ र व्यापार – एनसेल आजियाटा लिमिटेडले आफ्नो फोर जी सेवाको विस्तारलाई केन्द्रित गर्दै नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्यान्ड सेवाबाट पाउन सकिने अवसरबाट लाभ लिनका लागि एनसेल फोर जी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्दछ । 
एनसेलले नवीन प्रविधि भित्राउँदै विश्वस्तरीय सेवा तथा  ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धताबमोजिम  आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच पु¥याउँदै देशको दुई तिहाइभन्दा बढी जनसंख्यामा फोर जी सेवाको विस्तार गरिसकेको छ ।
कोभिड–१९ को महामारीले निम्त्याएको विषम परिस्थितिबीच पनि एनसेलले फोर जी ब्रोडब्यान्ड सेवालाई देशको ५ सय ५० भन्दा बढी स्थानीय तहसम्म विस्तार गरिसकेको छ र बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको छ । उच्च गतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्यान्ड  फोर जी÷एलटीई सेवाले नेपालको डिजिटलाइजेसन यात्रामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस महामारीले अर्थतन्त्रलाई आफ्नो डिजिटल यात्रालाई छिटो अगाडि बढाउन, कमजोर नहुन र ब्रोडब्यान्डबाट लाभ लिँदै पुनर्उत्थानका कार्यलाई राम्रोसँग चाँडै अगाडि बढाउन आवश्यक बनाइदिएको छ ।
देशको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासमा एक प्रमुख भूमिका निर्वाह गर्दै देशभर उच्चगतिको इन्टरनेट सेवाको पहुँच सुनिश्चित गर्न र डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान पु¥याउन एनसेल प्रतिबद्घ छ । फोर जी सेवाको लाभ लिनका लागि ग्राहकले एनसेलको सिम सजिलै लिन सक्छन् र थ्रिजी सिम प्रयोग गरिरेहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल  वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोर जीमा अपग्रेड गर्न अर्थात् आफूले चलाइरहेकै नम्बरमा नयाँ फोर जी सिम लिन सक्छन् । 
फोर जी÷एलटीई प्रविधिअन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसन प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइल आदानप्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्री सजिलै हेर्नलगायतका काम गर्न सकिन्छ । 
उच्चगतिको डेटा कनेक्टिभिटी आर्थिक र मानव विकासका लागि एक आधारभूत आवश्यकता बनिसकेको छ किनकि यसले  शिक्षा र स्वास्थ्यजस्ता अत्यावश्यक सेवा प्रवाह गर्न सक्ने क्षमता राख्दछ । बढ्दो डिजिटल डिभाइडको खाडल, असमानतालाई कम गर्न र समुदाय स्तरमा  सामाजिक विकासका लागि आवश्यक हुने विभिन्न अवसरका निमित्त पनि यो अत्यावश्यक छ । कोभिड–१९ को प्रभावपश्चात् आफ्ना परिवार, साथीभाइ, आफन्तसँग सम्पर्कमा रहिरहन, घरबाटै कार्यालयको काम गर्न र दूर शिक्षा अर्थात् अनलाइन कक्षा लगायतका कार्यका लागि पनि यो नभई नहुने भएको छ । 
आफ्ना ग्राहकलाई सधैं डिजिटल्ली कनेक्टेड रहन प्रोत्साहित गर्नका लागि यस ‘डेटा सधंै अन’ अभियानअन्तर्गत विभिन्न सेवा तथा अफर सुलभ दरमा प्रदान गर्न एनसेल प्रतिबद्ध रहेको छ । मोबाइल ब्रोडब्यान्डको फाइदा सुनिश्चित गराउँदै कम्पनीले विभिन्न उपभोक्तामैत्री अफर ल्याउनेछ ।
एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसार विभिन्न डेटा प्याक सुचारु गर्न सक्छन् र विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरू सुचारु गर्न सकिन्छ । एनसेलले देशभरि ७२ लाखभन्दा बढी ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ र त्यसमध्ये ४८ लाख ग्राहकले एनसेलको फोर जी सेवा प्रयोग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।