logo

मुक्तिनाथ विकास बैंक र आनबीच सम्झौता

आनका सदस्यलाई १५ लाखसम्म कर्जा दिने

    983   पटक पढिएको


२० भाद्र/ अर्थ र व्यापार – मुक्तिनाथ विकास बैंकले नेपाल विज्ञापन संघ (आन) का सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । सो सम्बन्धमा मुक्तिनाथ विकास बैंक र आनबीच आइतबार यस्तो सम्झौता भएको हो ।सो सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट अध्यक्ष प्रध्युमन पोखरेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थाहरूलाई दुई वर्षका लागि १५ लाख रुपैयाँसम्मको विना धितो कर्जा प्रवाह गर्ने सो बैंकले जनाएको छ । हाल आनमा डेढसय भन्दा बढि विज्ञापन एजेन्सीहरू सक्रिय सदस्य छन् भने करिब सातसय एजेन्सीहरू रहेका छन् । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेलले आनसँगको सहकार्यले विज्ञापन व्यवसायीको आर्थिक रुपान्तरणमा बैंक सहयोगी बन्ने अवसर मिलेको बताए ।

उनले मुक्तिनाथ विकास बैंकले फरक ढंगले आफ्ना ग्राहकलाई सेवागर्दै आएकाले लोकप्रिय हुन सकेको जानकारि गराउँदै विज्ञापन व्यवसायीलाई सर्वसुलभ रुपमा सहुलियत कर्जा दिन बैंक प्रतिवद्ध रहेको बताए ।
आनका अध्यक्ष धितालले यो सहकार्य विज्ञापन व्यवसायी र बैंकको हितकालागि पनि सहयोगी हुने अपेक्षा गरिएको बताए । उनले कोरोना महामारी र लकडाउनका कारण समस्यामा रहेका विज्ञापन व्यवसायीलाई यो सहुलियत कर्जाले उनीहरूको क्षमता अभिवृद्धि गर्न र आर्थिक सबलीकरणका लागि मद्दत पुग्ने बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।