logo

वायुसेवा निगमले साउदी अरब नियमित उडान सुरु गर्ने, भाडा दर सस्तिने अपेक्षा

    1409   पटक पढिएको


१५ साउन/अर्थ र व्यापार– नेपाल वायुसेवा निगमले साउदी अरबतर्फ नियमित उडान सुरु गर्ने भएको छ । निगमले दुई वर्ष अघिदेखि साउदी अरबमा उडानका लागि प्रक्रिया सुरु गरे पनि जीएसएको टुंगो लागेको थिएन ।

जेनरल सेल्स एजेन्ट छनोट भएसँगै निगमले आगामी दसैं अघि नै साउदी उडान सुरु गर्ने योजना रहेको जनाएको छ । निगमले जेद्दा स्थित एम/एस फैसालिआ मोडर्न एभिएसनलाई जेनरल सेल्स एजेन्टमा छनोट गरेको हो । 

निगमका अनुसार केहीगरी नियमित उडान नभएको अवस्थामा रिपाट्रेसन फ्लाइट गर्ने तयारी गरिरहेको जनाएको छ । 

रोजगारीमा गएका नेपाली नागरिकको आउजाउ सहजतालाई ध्यानमा राखी निगमले यो गन्तव्यमा नियमित उडान सुरु गर्न लागेको जनाएको छ । साथै भाडा दर पनि सस्तिने अपेक्षा गरिएको छ ।     

साउदीमा निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले नियमित उडान गर्दै आएको छ । 
     
       

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।