logo

दई दशकपछि नेपालमा सिंगापुर एयरलाइन्सको नियमित उडान सुरु

    1514   पटक पढिएको


४ साउन/अर्थ र व्यापार– सिंगापुरको राष्ट्रिय ध्वजावाहक कम्पनी सिंगापुर एयरलाइन्सले करिब दुई दशक पछि नेपालमा पुनः नियमित उडान सुरु गरेको छ ।

सिंगापुर एयरलाइन्सको नेपालका लागि जेनरल सेल्स एजेन्ट एभरेष्ट एक्सप्रेस टुर्स एण्ड ट्राभलका संचालक सुधीर पाण्डेले आइतबारदेखि नियमित उडान सुरु भएको बताए । उनले  अब सिंगापुर एयरलाइन्समार्फत दुईतर्फी उडान हुने जानकारी दिए ।

यस अघि सिल्क एयरले नेपालमा बोइङ ७३७ मार्फत नियमित उडान गथ्र्यो । सिंगापुर एयरलाइन्स सिल्क एयरको प्यारेन्ट कम्पनी हो । सिल्क सिंगापुरमा गाभिएपछि सिंगापुर एयरलाइन्सको नेपालमा यो पहिलो उडान हो । आइतबार सिंगापुर एयरलाइन्सको पहिलो उडानमार्फत एक सय नौ यात्रु नेपाल आएको थियो ।

कम्पनीले आउँदो अगस्ट ८ तारिखदेखि बोइङ ७८७ सिरिजको ड्रिमलाइनर जहाजमार्फत उडान संचालन गर्ने पाण्डेले बताए । अहिले सिंगापुर सरकारले ट्रान्जिट यात्रुलाई लैजान दिएको छैन तर  । सिंगापुर सरकारले स्विकृत गरेका यात्रु र कार्गो उडान गर्न पाइन्छ । साथै सिंगापुरबाट नेपाल आउन भने पाउने पाण्डेले बताए ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले पहिला व्यवसायिक सम्भाव्यता कम देखेपछि उडान बन्द गरेको सिंगापुर एयरलाइन्सले व्यवसायिक फाइदा देखेर पुनः नियमित उडान सुरु गरेको जानकारी दिए ।
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।