logo

यतीद्धारा पाँचवटा जेटस्ट्रिम जहाज गुणलाई हस्तान्तरण

    1323   पटक पढिएको


२५ असार/अर्थ र व्यापार– यती एयरलाइन्सले पाँचवटा जेटस्ट्रिम जहाज गुण एयरलाइन्सलाई हस्तान्तरण गरेको छ । 

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले एक अर्ब लगानी गरेर यती समुहसंग ५ वटा जेटस्ट्रिम जहाज खरिद गरेको हो ।

बिहीबार यती समूहका कार्यकारी अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई पाँचवटै जेटस्ट्रिम सिरिजका जहाज हस्तान्तरण पत्र दिएका हुन् ।

पर्यटन मन्त्रालयबाट उडान संख्या विस्तारको अनुमति पाएसँगै गुणले यतीको पाँचवटा जेटिस्ट्रिम जहाज खरिद गरेको हो । 

उडान संचालनका लागि गुण यतिखेर नागरिक उड्डयन प्राधिकरणको एओसी प्रक्रियामा रहेको छ । प्राधिकरणको हवाई सुरक्षा विभागका अनुसार, पाँच चरणको प्रक्रियामध्ये यतिखेर जहाजको परीक्षण भइरहेको छ । 

सुरुवाती चरणमा यतीले गुणलाई जेटस्ट्रिम संचालनका लागि प्रविधिक तथा पाइलट, इन्जिनियर, एयरहोस्टेज लगायत जनशक्तिको व्यवस्थापनमा सहयोग गर्नेछ ।

यतीबाट लिएका पाँच र हाल भएका दुई बिचक्राफ्टसहित सातवटै जहाज आउँदो दसैंसम्ममा संचालनमा ल्याउने योजनामा गुण एयरलाइन्स रहेको छ । कम्पनीले आगामी दुई वर्षभित्र दुई ट्विनअटर सिरिजका जहाज थप गरी नौवटा जहाजमार्फत सेवा दिने योजना बनाएको छ । 

यसअघि दुई बिचक्राफ्टमार्फत पोखरा, भरतपुर, भैरहवा र माउन्टेन फ्लाइट गर्दै आएको कम्पनीले जहाज संख्या विस्तार गरिएसँगै जनकपुर, भद्रपुर, बिराटनगर, सिमरा, भरतपुर, नेपालगन्ज, तुम्लिङटारलगायतका विभिन्न गन्तव्यमा उडान सेवा बिस्तार गर्ने जनाएको छ । 


 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।