logo

१० प्रतिशतभन्दा बढी ७ फाइनान्सको खराब कर्जा 

    2952   पटक पढिएको

२३ असार / अर्थ र व्यापार – ‘ग’ वर्गका आधा दर्जन वित्तीय संस्थाको खराब कर्जा उच्च देखिएको छ । सञ्चालनमा रहेका ७ फाइनान्स कम्पनीको खराब कर्जा १० प्रतिशतभन्दा बढी देखिएको हो । खराब कर्जा उच्च हुनेमा हामा, सिनर्जी, अरुण, जनरल, लुम्बिनी, पश्चिमाञ्चल र युनियन फाइनान्स रहेका छन् । 

राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले ती फाइनान्सको खराब कर्जा उच्च रहेको देखिएको हो । गत चैत अन्तिमसम्मको वित्तीय सूचकमा २६ फाइनान्समध्ये ७ वटाको खराब कर्जा उच्च देखिएको हो । त्यसमध्ये अरुण र जनरल फाइनान्स समस्याग्रस्त घोषणा भएर पनि फुकुवा भएका हुन् । अन्य चार फाइनान्सको खराब कर्जा पनि १९.२३ प्रतिशतसम्म देखिएको छ ।

फाइनान्सहरूको औसत खराब कर्जा ४.०६ प्रतिशत रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.५९ प्रतिशतले कम हो । २०७२ को चैत मसान्तसम्म फाइनान्स कम्पनीहरूको खराब कर्जा ५.६५ प्रतिशत रहेको थियो । समस्याग्रस्त घोषणा भइसकेका फाइनान्स कम्पनीको खराब कर्जा बढी देखिए पनि औसतमा सन्तोषजनक रहेको छ । 

सबैभन्दा कम खराब कर्जा श्री इन्भेस्टमेन्टको रहेको छ । श्री इन्भेस्टमेन्टको कुल कर्जाको ०.२६ प्रतिशत मात्रै खराब कर्जा रहेको छ । अन्य पाँचवटा फाइनान्सको खराब कर्जा पनि १ प्रतिशतभन्दा कम रहेको छ । खराब कर्जा १ प्रतिशतभन्दा न्यून हुनेमा युनिक, नमस्ते, आइसिएफसी, गुहेश्वरी र युनाइटेड फाइनान्स रहेका छन् ।

समीक्षा अवधिसम्ममा फाइनान्स कम्पनीको निक्षेप संकलन घटेको छ भने कर्जा प्रवाह बढेको छ । चैत २०७३ सम्ममा ५६ अर्ब ९६ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा फाइनान्स कम्पनीले ७२ अर्ब १३ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरेका थिए । चैत २०७३ सम्ममा फाइनान्स कम्पनीहरूले ४९ अर्ब ८१ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ३६ अर्ब ३२ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।