मंगलबारको शेयर बजारमा सामान्य करेक्सन देखिएको छ । छोटो समयमै बढेको बजारमा नाफा बुक गर्नेहरुको हावी हुँदा त्यसको प्रभाव नेप्सेमा देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्जको ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। आज (पुस २९ गते) सम्पन्न नेप्सेको २७ औँ वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो।
शेयर बजारमा लगानीकर्ताको उत्साह बढ्दो क्रममा रहेको छ । जसले गर्दा बजारमा एकैदिन अर्बौ बढीको शेयर किनबेच हुन थालेको छ ।
नेप्से०को ३८ औं वार्षिक साधारणसभा भोलि अर्थात पुस २९ गते बस्दै छ । उक्त सभा मंगलबार बिहान ११ बजे काठमाडौंको युएनआई शान्तिमार्गस्थित नप्सेको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
साताको पहिलो दिने शेयर बजारमा उछाल आएको छ । बजार खुलेदेखि निरन्तर बढ्ने क्रममा रहेको नेप्से परिसूचक एकैदिन ४२.६१ अंकले बढेर बजार बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ३.५१ प्रतिशतले बढेर १२५५.७२ अंकमा पुगेको छ। जुन गत चारमहिना यताकै उच्चतम विन्दु हो ।
आइतबारको शेयर बजार दोहोरो अंकले उकालो लागेको छ । कारोबार शुरु भएको करिब दुई घण्टाको अवधिमै नेप्से परिसूचक ३५ अंकले उकालो लागेको छ । जुन अघिल्लो दिनको तुलनामा २.९३ प्रतिशतले बढेर १२४८.६७ अंकमा पुगेको हो ।
आज बुधबार शेयर बजार घटेको छ । आज नेप्से ७ दशमलव ३२ अंकले घटेर १,२०९ दशमलव ६० को विन्दुमा काय मभएको छ । आज सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसूचक ० दशमलव ८१ प्रतिशतले बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा तीन कम्पनीको शेयर सुचिकृत भएको छ । एक वाणिज्य बैंकसहित ३ कम्पनीको गरि कुल १ करोड ४६ लाख २५ हजार ४ सय १७ दशमलव ९२ कित्ता शेयर सुचिकृत भएको हो ।
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानालाई शेयर बजारले स्वागत गरेको छ । पूँजी बजारको नियामक निकाय, बोर्डले शेयर बजारका विज्ञलाई अध्यक्षको रुपमा पाएपछि त्यसको सकारात्मक प्रभाव मंगलबारको शेयर बजारमा परेको हो ।
राष्ट्र बैंकले ब्यक्तिगत आवधिक कर्जामा कडाइ गरेपछि बैंकहरुले शेयर धितो ऋणलाई प्राथमिकता दिन थालेपछि शेयर बजार उक्लिन थालेको छ। सोमबार बजार १८ अंकले बढेको छ। अब सुचक १२०० अंकमा उक्लिएको छ।
समय सकिएपछि राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री डा. युवराज खतिवडाको नाम मनोनित नहुने हल्ला चलाइएपछि शेयर बजार १६ अंकले बढेको छ। राष्ट्रिय सभा सदस्यको लागि मनोनयन गर्ने अन्तिम दिन भएकाले अर्थमन्त्रीलाई जोडेर आइतबार हल्ला चलाइएको थियो।
तीन कम्पनीहरुले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएका छन् । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, निर्धन उत्थान लघुवित्त र चौतारी लघुवित्तले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएका हुन् ।
लगानीकर्ता दोस्रो त्रैमासकालागि व्याज र किस्ता जोहो गर्न थालेका छन्। गत महिना ६० अंक भन्दा माथिले सुधार भएको बजारमा व्याज र किस्ताको जोहो गर्ने क्रममा सेलिङ प्रेसर बढेको हो। अहिले शेयर बिक्री गर्नले व्याज र किस्ताका लागि सजिलै रकम जोहो गर्न सक्छन्।
नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आफ्नो ३८औं वार्षिक साधारणसभाआगामी पुस २९ गते मंगलबार बस्ने भएको छ । उक्त सभा सो दिन बिहान ११ बजे शान्तिमार्ग स्थित नेपाल स्टक एक्स्चेञ्जमा बस्न लागेको छ ।
शेयर बजारका लगानीकर्ताको रोजाइमा साना कम्पनीको शेयर पर्न थालेपछि समग्र सूचक नै प्रभावित हुन थालेको छ । सूचीकृत ठूला कम्पनीको शेयर मूल्य घटेपछि समग्र कारोबार मापक सूचक नेप्से सोमबार ओरालो लागेर बन्द भएको छ ।
साताको पहिलो दिन शेयर बजार ओर्लिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ४.९९ अंकले घटेर ११६२.४३ अंकमा ओर्लिएको छ।
दोस्रो बजारमा ऋणपत्रको खरिद बिक्री बढ्न थालेको छ। बुधबार सानिमा बैंकको ऋणपत्रको कारोबार भएको थियो। बिहीबार पनि एनआईसी एशिया बैंकको ऋणपत्रको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नाफा करिब सात प्रतिशतले बढेको छ। गत वर्ष ७.०८ प्रतिशतले नाफा बढाएको हो। गत वर्षको वित्तीय विवरणअनुसार नेप्सेले वर्षभरिमा २८ करोड रूपैंयाँ खुद नाफा गरेको छ।
बुधबार शेयर बजार १.८२ अंकले सुधार भएर ११६८.०३ अंकमा रोकिएको छ। कारोबार सुरु भएको केही समय सुधारको क्रममा थियो। तर पछिल्लो समय बजारमा थोरै करेक्सन हुँदा कारोबार रकम भने बढ्न सकेन।
नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीबाट पहिलोपटक ठूलो संख्यामा ऋणपत्रको कारोबार भएको छ। बुधबार एक बैंकले अर्को बैंकलाई आधार मूल्यभन्दा ३७ रूपैंयाँ घटाएर ऋणपत्र बिक्री गरेको हो।
बजार सुधारको संकेत देखिँदै गर्दा दोस्रो बजारमा कारोबार रकम बढ्न थालेको छ। बाणिज्य बैंकको शेयरमा खासै आकर्षण नदेखिए पनि उत्पादन तथा प्रशोधन, बीमा, लघुवित्तलगायतका कम्पनीको बजार मूल्य उक्लिँदा कारोबार रकम बढेको हो।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले ४५ प्रतिशतका दरले नगद लाभांश बाँड्ने भएको छ। कम्पनीको लाभांश गत वर्षको भन्दा घटेको हो।
वास्तबिक क्षेत्र र बिमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेपछि सोमबार दोस्रो बजारमा उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक फराकिलो अङ्कले बढेको हो। दिनभरीमा बजार १७.७७ अङ्कको वृद्धिसँगै ११६८.५८ अंकमा उक्लिएको छ। कारोबार मापक सूचकसँगै कारोबार रकमसमेत आधा अर्ब रुपैयाँमाथि उक्लिएको छ।
शेयर बजार घट्दै गएपछि लगानीकर्ताको रोजाइमा कमजोर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिन थालेको छ । साताको पहिलो दिन लगानीकर्ताको रोजाइमा कमजोर कम्पनी परेपछि राम्रा कम्पनी छाँयामा परेका छन् । राम्रा कम्पनीलाई लगानीकर्ताले छाँयामा पारेपछि सन्सेटिभ सूचक घटेको छ ।
शेयर बजारमा लगानीकर्ताको मनोबल विस्तारै बढ्न थालेको छ । निरन्तर रूपमा कारोबार रकम र सूचकमा वृद्धि हुन थालेपछि उनीहरूको मनोबल क्रमिक रूपमा बढ्न थालेको देखिएको हो ।