logo

कमजोर कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण, बैंकको मूल्य झरेपछि शेयर बजार ओरालो

    1584   पटक पढिएको

१३ पुस / अर्थ र व्यापार - साताको पहिलो दिन शेयर बजार ओर्लिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ४.९९ अंकले घटेर ११६२.४३ अंकमा ओर्लिएको छ। 
नेप्सेमा सूचिकृत ठूला कम्पनीहरूको मूल्य घटेपछि कारोबार मापक सूचक घटेको हो। आइतबार वाणिज्य बैंकहरूको कारोबार मापन गर्ने उपसूचक ०.८३ प्रतिशतले घटेपनि नेप्से घटाउन टेवा पुर्यायएको हो। 

नेप्सेमा सूचिकृत कम्पनीहरूमा वाणिज्य बैंकहरूको वर्चस्व छ। यो समूहको कारोबारले सूचक घटरबढ गराउन सबैभन्दा बढी भूमिका निर्वाह गर्ने गरेको छ। 

आइतबार लगानीकर्ताको आकर्षण कमजोर कम्पनीहरूमा देखिएको छ। सबैभन्दा बढी बढ्ने कम्पनीको सूचीमा कमजोर अबस्थाका कम्पनीहरू रहेका छन्। साल्ट ट्रेडिङ् कम्पनी बाहेक माउन्टेन हाइड्रो पावर, नेपाल फाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक, आखु खोला जलविद्युत कम्पनीलगायतको शेयर मूल्य चारदेखि नौ प्रतिशतसम्म बढेका छन्। दुई सय रुपैयाँभन्दा कम मूल्यमा शेयर पाउन थालेपछि लगानीकर्ताको आकर्षण साना कम्पनीमा देखिएको हो। 

आइतबार १८१ कम्पनीको शेयर कारोबार भएको छ। जसमा ९६ कम्पनीका शेयर मूल्य घटेका छन् भने ४३ कम्पनीको शेयर मूल्य बढेका छन्। २२ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन। 

एक सय ८१ कम्पनीको शेयर कारोबारमा १५ लाख ५४ हजार कित्ता शेयर किनबेच भएको छ। कुल ४२ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। सबैभन्दा बढी शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ। कम्पनीको चार करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। 

कारोबार रकमकै आधारमा नेपाल इन्भेष्ट बैंक संस्थापक शेयर दोस्रो भएको छ। बैंकको तीन करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ

उपसूचक मिश्रित देखिएका छन्। जसमा आठ समूहको उपसूचक घटेको छ भने चार समूहको उपसूचक बढेका छन्। सबैभन्दा बढी ट्रेडिङ् समूहको उप सूचक करिब आठ प्रतिशत बढेको छ भने सामूहिक लगानी कोषको उप सूचक १.९२ प्रतिशतले घटेको छ। 

आइतबारको कारोबारमा कर्पोरेट डिबेन्चरको समेत किनबेच भएको छ। यसअघि म्याचिङ् कारोबार मात्रै हुँदै आएको डिबेन्चरको आइतबार सामान्य कारोबार समेत भएको हो। सानिमा बैंकको २५ कित्ता कर्पोरेट डिबेन्चरको करिब तीन प्रतिशत मूल्य बढेर नियमित कारोबार भएको हो। 

नेप्सेले डिम्याट भएका डिबेन्चरको कारोबार अनलाइन नै गर्न सक्ने व्यवस्था गरेपछि यसको कारोबारले बिस्तारै गति लिन थालेको हो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।