पूर्वराजा ज्ञानेन्द्र शाहका परिवारको कम्पनीले सोल्टी होटलमा आफ्नो लगानी बढाएको छ। शाहसहित उनको परिवारको प्रमुख शेयर रहेको सोल्टी इन्टरप्राइजेजले हङकङको होलिडे इन्स इन्भेष्टमेन्ट नेपालको शेयर खरिद गरेको हो।
कम्पनीहरुले लाभांस दिँदा नसुध्रिएको शेयर बजार पछिल्लो समय अस्वभाविक रुपमा बढ्न थालेको छ। हरेक दिन दोहोरो अंकले सुधार हुने क्रममा शेयर बजार ६० अंक भन्दा माथिको सुधार भैसकेको छ।
सानिमा माइ हाइड्रोपावर कम्पनीले १० प्रतिशत बोनस शेयर प्रदान गर्ने घोषणा गरेको छ। सञ्चालक समितिको बुधबार बसेको बैठकले आठौं वार्षिक साधारणसभा पुस २७ गते गर्ने मिति टुंगो गरेको छ ।
लगातार पाँच कारोबार दिनदेखि बढेको शेयर बजार मंगलबार समेत निरन्तरता पाएको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक २.४८ अंकले बढेर ११५१.३६ अंकमा उक्लिएको छ ।
अरूण भ्याली हाइड्रोपावर कम्पनीले दुई वर्षपछि ७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा लाभांस दिन सकेको थिएन। अघिल्ला वर्षमा भने नियमित लाभांस प्रदान गर्दै आएको थियो।
शेयर बजार सुधार हुन थालेपछि लगानीकर्ताको ध्यान सस्ता र राम्रा कम्पनीमा देखिन थालेको छ। बजार तल्लो विन्दुमा झर्ने क्रममा लगानीकर्ताले सस्तोमा शेयर उठाउन थालेका छन्।
शिवम् सिमेन्टको नाफा घटेपछि शेयर मूल्य लगातार घटेको छ। एक महिनामा दोस्रो बजारको कारोबारमा कम्पनीका शेयर धनीले प्रति कित्ता करिब एक सय रुपैयाँ गुमाएका छन् ।
बैक र बिमाको समूहको उपसूचक बढेसँगै बुधवार शेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ८.७३ अंकले बढेर ११२४.४७ अंकमा उक्लिएको छ।
झिनो अंकको मात्रै सूचक परिवर्तन हुन थालेपछि पछिल्लो समय शेयर बजार टिक्दो प्रवृत्तिमा देखिन थालेको छ । सोमबार सूचक ०.८६ अंकले घटेर ११११.९९ अंकमा ओर्लिएको छ ।
साताको पहिलो दिन आइतबारको शेयर बजार झिनो अङ्कले बढेको छ । आइतबार शेयर बजार मापक सूचक ०.०७ अङ्कले बढेको हो । नेप्से सूचक बढेको भए पनि सेन्सेटिभ सूचक नकारात्मक देखिएको छ ।
साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ४.६७ अंकले घटेर १११२.७९ अंकमा ओर्लिएको छ।
नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्रसिंह साउदले यो समय नयाँ लगानीकर्तालाई सेयर बजारमा लगानी गर्ने सुवर्ण अवसर रहेको बताएका छन् ।
सात र आठ महिना अगाडि शेयर बजार वियरिस ट्रेण्डमा अघि बढेको भन्नेहरुको अनुमान गलत सावित भएको छ। फागुन १९ गते शेयर बजार तीन वर्ष यताकै न्युनतम विन्दु ११००.५८ झरेको थियो। फागुन देखि बैशाखको अवधिमा १३२१ अंकसम्म पुग्यो।
नागरिक लगानीकोषले शेयर बजार तथा धितोपत्रमा ९१ प्रतिशतले लगानी बढाएको छ। घट्दो बजारमा कम्पनीले एक वर्षको अवधिमा ४ अर्ब ३२ करोड रूपैयाँको लगानी थपेको हो। चालु आर्थिक वर्षको तीन महिनामा कोषले यस्तो क्षेत्रमा ९ अर्ब ८ करोड रूपैयाँ लगानी गरेको छ।
अर्थमन्त्री नरुचाएको शेयर बजारले अर्थमन्त्रीको निरन्तरता सँगै बिहीबार शेयर बजार थप ओरालो झरेको छ । बुधबार प्रधानमन्त्री केपि शर्मा वलीले ९ जना मन्त्रीहरुलाई परिवर्तन गर्दा अर्थमन्त्री डा. युवराज खतिवडालाई भने निरन्तरता दिएका छन् ।
शेयर लगानीकर्ताले राम्रो लाभांश दिएका कम्पनीको शेयर खरिद बिक्री चाप बढाएपनि शेयर बजार भने उकासिन सकेको छैन। मंगलबारको कारोबारमा समेत शेयर सूचक झिनो अङ्कले घटेर बन्द भएको छ भने सेन्सेटिभ सूचक हरियो देखिएको छ ।
पाल स्टक एक्सचेन्ज(नेप्से)को सेयर खरिद गर्न लगानीकर्ताले चासो नदेखाएको पाइएको छ । स्टक एक्सचेन्जमा राष्ट्र बैंकको स्वामित्वमा रहेको ३४.६० प्रतिशत सेयर बिक्रीको लागि राखिएपनि अझै १४.६० प्रतिशत सेयर बिक्री हुन सकेको छैन ।
बिहीबार दिन भरिनै सुस्त रहेको शेयर बजार कारोबारको अन्त्यमा भने झिनो अङ्कले बढेर बन्द भएको छ। दिन भरिनै शेयरको मूल्यमा लगानीकर्ताले चर्को बार्गे्निङ गरेका कारण बजार थोरै सकारात्मक देखियो।
मंगलबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ५.६१ अंकले घटेर ११३९.९६ अंकमा ओर्लिएको छ । सोमबार बजार दोहोरो अंकले बढेको थियो ।
नेशनल हाइड्रोपावर कम्पनीका सेयर लगानीकर्ताले ५ वर्ष ४ महिना अघि प्रतिकित्ता २२० रुपैयाँमा किनेको सेयरमा यतिबेला १६५ रुपैयाँ नोक्सान व्यहोरेका छन् ।
लुम्बिनी जनरल इन्स्योरेन्सले कात्तिक २४ गते देखि चुक्ता पूँजीको २० / अर्थ र व्यापारप्रतिशत हकप्रद बराबरको शेयर बिक्रीमा ल्याएको छ ।
एनएमबि बैंकको ओम डेभलपमेन्ट बैंकसँग मर्जर गरेर एकीकृत कारोबार थालेको करिब डेढ महिना पश्चात कार्तिक २१ गते बिहीबारदेखि नेप्सेमा शेयर कारोबार खुला भएको छ।
धितोपत्र बजारमा सूचीकृत करिब तीन दर्जन मध्ये डेढ दर्जन जलविद्युत कम्पनीहरुको शेयरमूल्य अंकित मूल्यभन्दा तल झरिरहेको बेला ग्रीनलाइफ हाइड्रोपावरले ३५ करोड मूल्यको साधारण शेयर बिक्री गर्ने भएको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा शेयर बजारका लगानीकर्ताले एक खर्ब ४२ करोड रुपैयाँ गुमाएका छन् । बजार सुधारमा सरकारले ध्यान नदिँदा बजार पूँजीकरणमा क्षयीकरण हुनेक्रम रोकिएको छैन ।
शेयर बजारप्रति लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक हुन नसक्दा शेयर बजार घट्ने क्रम रोकिन सकेको छैन ।