मलेसियन लगानीको दूरसञ्चार कम्पनी एनसेल पब्लिक कम्पनी भए पनि सर्वसाधारणको लागि भने सेयर जारी गरेको छैन् । तर, यो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को ओभर दि काउन्टर (ओटीसी) भने प्रति कित्ता नै एक लाख २४ हजार एकसय रुपैयाँमा कारोबार भएको छ ।
पुँजी बजार सुद्दृढीकरण बृहत कार्यदलका पदाधिकारीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदलले अर्थमन्त्री शर्मालाई अर्थ मन्त्रालयमा भेट गरी पुँजीबजारको समस्या समाधान गर्नेबारे विभिन्न विषयमा छलफल गरेका हुन् ।
सेयर बजार मापक सूचक नेप्से मंगलबार ६ प्रतिशतले बढेपछि आज (मंगलबार) दिनभरका लागि कारोबार बन्द भएको छ । प्रचण्डको पूँजी बजार विरोधी अभिव्यक्तिका कारण पछिल्लो २ दिनमा १६८ अंकले घटेको बजार सूचक मंगलबार एकैदिन १३७.१८ अंकले बढेको हो ।
पछिल्लो समय बजार उच्च रुपमा घटिरहेको बेला लगानीकर्ताहरुको समुहले सेयर बिक्री नगर्न समग्र लगानीकर्ताहरुलाई आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति समेत रहेका अम्बिका प्रसाद पौडेलको संयोजकत्वमा गठित पुँजी बजार सुदृढीकरण बृहत कार्यदलले एक विज्ञप्ती जारी गर्दै लगानीकर्ताहरुलाई आवश्यक नपरी सेयर बिक्री नगर्न आग्रह गरेको हो ।
पछिल्ला केहि साता यता शेयर बजार निरन्तर ओरालो लागेको छ । ३२ सय नाघिसकेको नेप्से करिब चार महिनाको अवधिमा घटेर २३ सय बिन्दुको लाइनमा झरेको छ । यो साताको पहिलो दिन आइतबार मात्रै नेप्से ८८ अंकले ओरालो लागेको छ ।
नागरिक लगानी कोषले सञ्चालनमा ल्याएको नागरिक स्टक डिलरले साढे १ अर्ब रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव गरेको छ । डिलरले आगामी वार्षिक साधारणसभामा सो मात्राको आईपीओ जारी गर्ने विशेष प्रस्ताव गरेको हो ।
चालु आर्थिक वर्षमा मात्रै २ अर्ब रुपैयाँ बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल धितोपत्र बोर्डमा २३ वटा कम्पनीको २ अर्ब ८ करोड ११ लाख ३५ हजार ४३१ रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
आईसीएफसी फाइनान्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार आईसीएफसीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य ६३९.८२ रुपैयाँ कायम गरिएको छ ।
बुधबार पनि शेयर बजारमा ठूलो गिरावट देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ८० अंकमा झरेको छ । ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३४ अंकले घटेको छ ।
मंगलबार नेप्से परिसूचक ओरालो लागेसँगै झन्डै साढे ७ महिना यताकै न्युन विन्दुमा पुगेको छ । यस दिन नेप्से परिसूचक ३७.१८ अंक घटेर २५०८.९० विन्दुमा झरेको छ। यस अघि २०७७ सालको २५ चैतमा नेप्से २५०६.६२ विन्दुमा बन्द भएको थियो । त्यसयता, नेप्से गत ७ कात्तिकमा २५१०.७३ विन्दुमा बन्द भएकोमा यस दिन १.४६ प्रतिशत घट्दै सोभन्दा तल बन्द भएको छ।
शेयर बजारमा देखिएका समस्याहरु लिएर लगानीकर्ताहरुले अर्थमन्त्री जनार्दन शर्मालाई भेट्ने तयारी गरेका छन्। उनीहरूले अर्थमन्त्रीलाई मंगलबार दिउँसो भेटेर शेयर बजारमा देखिएका समस्याहरुको समाधान गर्नतर्फ सरकारलाई अवगत गराउने भएका हुन् ।
सोमबारको सेयर बजार निरन्तर रुपमा घटीरहेको छ । सोमबारको दिन नियमित कारोबार खुलेको एक घण्टामै नेप्से परिसूचक ७०.३६ अंकले घटेर २४४३.५१ बिन्दुमा झरेको छ । यो प्रतिशतको आधारमा २.८० प्रतिशतले न्युन हो ।
रिलायन्स लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नियामक निकाय बीमा समितिले इन्स्योरेन्सको ५.२६३२ प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता सेयरको ९६ करोड वरावरको प्राथमिक सेयर निश्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । मंगलबार मात्रै मेगा बैंक र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।
मौद्रिक नीति समीक्षाको असरले सेयर बजारमा पहिरो गएको छ । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । यस दिन सेयर बजार ८०.२९ अंकले ओरालो लागेर सबै समुह राताम्मे भएको छ । यस दिन बजारसंगै परिसुचक पनि ओरालो लागेर २६५१.४९ अंकमा पुगेर बजार बन्द भएको छ ।
सेयर बजारमा सर्वसाधारणको लगानी बृद्धि हुनेक्रम बढेसँगै अहिले जीवन बीमा कम्पनीहरुको आकर्ष ह्वात्तै बढेको पाईएको छ । हाल जीवन बीमा कम्पनीहरुले सेयर बजारमा झन्डै ६६ अर्ब रुपैयाँ लगानी गरेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अवधिमा विभिन्न १९ वटा जीवन बीमा कम्पनीहरुले ६५ अर्ब ६९ करोड २९ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका हुन् ।
सेयर कारोबार ओरालो लाग्ने क्रमले निरन्तरता पाएसँगै मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३२ दशमलव २९ अंकले घटेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको परिसुचकको गिरावटले आज पनि निरन्तरता पाएको हो ।
यो साताको पहिलो दिन सेयर बजार परिसुचक नेप्सेमा ११.६० अंकले घटेको छ । यो सँगै नेप्से २७५७.५३ अंकको बिन्दुमा ओर्लिएको छ । २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर किनबेच भएको नेप्सेमा ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसुचक समेत ३.७५ अंकले घटेर ५१८.२५ अंकको बिन्दुमा झरेको छ ।
प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
शेयर बजार परिसूचक नेप्सेमा करेक्सन देखिएको छ । यो साता शुरुआतबाटै बढेको बजार कारोबार हुने अन्तिम दिन बिहीबार भने ३२.३९ अंकले घटेको छ । बिहीबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ ।
मंसिर महिनाको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । दिनभर देखिएको तीब्र उचार चढाव पछि नेप्से परिसूचक १६ दशमलव ९५ अंकले बढेर १ हजार ८ सय १ दशमलव ५२ अंकमा पुगेको छ ।
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको रिक्त नयाँ अध्यक्ष हुनकालागि अहिलेसम्म ११ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का पूर्व सीईओ सिताराम थपलिया सहित ११ जनाले आवेदन दिएका हुन् ।
पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लाग्नेक्रम जारि रहेको छ । यो साताको पहिलो दिन गत सोमबार देखि नै ओरालो लागेको सेयर बजार बिहीबार अन्तिम कारोबारको दिनसम्मा पनि उच्च अंकले घटेर ओरालो लागेको छ ।
सोमबार सेयर बजारको परिसूचक नेप्से १९.२ अंकले घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २८२९ मा झरेको छ । सोमबा कारोबार रकममा पनि गिरावट आएको छ । जसका कारण सेयर बजारमा जम्मा ४ अर्ब ४२ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको थियो ।