बागमती प्रदेश सरकारले कोरोना महामारिका कारण आफ्नो व्यवसाय नवीकरण गर्न नपाएका पर्यटन व्यवसायीलाई आगामी ३० फागुनसम्मको समय सीमा सहितको मौका दिएको छ ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप भएको नयाँ धावनमार्गको परीक्षणका लागि आज (बिहीबार) क्यालिब्रेसन फ्लाइट हुँदै छ ।
पर्यटन क्षेत्रका श्रमिकहरुको संस्था नेपाल ट्रेकिङ ट्राभल्स ¥याफ्टिङ, एयरलाइन्स, साँस्कृतिक, पुरातात्विक कार्गाे, कुरियर श्रमिक युनियन (युनिट्राभ) को अध्यक्षमा सुमनप्रसाद पराजुली निर्वाचित भएका छन ।
आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ ।
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम सुरु भएको छ ।
धेरै पटक गरेको ताकेता तथा केही क्यासिनो सञ्चालकमाथी भएको जरिवना सहितको कारबाहीबाट सरकारले अहिलेसम्म झन्डै साढे ७६ करोड रुपैयाँ बक्यौता रोयल्टी उठाएको छ ।
पर्यटन व्यवसायी तथा टूर अपरेटरहरुले हाल नेपालमा कोरोना भाइरस संक्रमणकोदर निकै कम भएको भन्दै आन्तरिक तथा बाह्य यात्रा सहज बनाउन सरकारसँग आग्रह गरेका छन् ।
बहुप्रतिक्षित निर्मार्णाधिन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोली शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ ।
निजी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी ११ फागुनदेखि इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा साताको दुई नियमित उडान भर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्दा अब अनिवार्य हवाई टिकटको प्रिन्ट कागज नै देखाउनुपर्ने भएको छ ।
निवर्तमान महानिर्देशक राजकुमार क्षेत्री अनिवार्य अवकास पाएको निर्णय सर्वोच्च अदालतबाट छलफल नटुंगिएसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश बोकेर कार्यालय जाने भएका छन् ।
सरकारले कोरोना खोपको मात्रा पुरा गरेका विदेशी पर्यटकले पाउने अनअराइभल भिसा सुविधालाई निरन्तरता दिएको छ ।
खराव मौसमले समयमै विमान अवतरण नभई आकासमा होल्ड गर्दा एक महिला यात्रु विमानभित्रै बेहोस भएकी छिन ।
निजी वायुसेवा कम्पनी यती एयरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायिक सहकार्य भएको छ ।
सरकारद्धारा गठित छानविन समितिले पशुपति धर्मशालामा होटल सञ्चालनका लागि बतास अर्गनाईजेशनसँग गरिएको सम्झौता गैर कानूनी भएको भन्दै खारेज गर्न सिफारिस गरेको छ ।
सरकारले आन्तरिक उडान भर्ने हवाई यात्रुका लागि एन्टिजेन परीक्षण अनिवार्य गरिदिएसँगै अहिले वायुसेवा कम्पनीहरुलाई समस्या भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले क्यासिनो सञ्चालक एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माईक बोल्सोभरलाई नियन्त्रणमा लिएर नेपाल छोड्न रोक लगाएको छ ।
गएरातिदेखि परेको भारी वर्षाका कारण आन्तरिक हवाई उडान र अवतरणमा आवइक भिजिबिलिटी कम भएका कारण बुधबार दिनभर मुलुभरको आन्तरिक हवाई उडान सेवा प्रभावित भएको छ ।
मुलुकको राष्ट्रिय ध्जाबहाक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा विमान एकैदिन ग्राउण्डेड भएको छ । नियमित अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटै विमानमा प्राविधिक समस्या आएपछि मंगलबारदेखि नै निगमको विमान ग्राउण्डेड भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसदीय समितिले गर्ने हरेक निर्णय हुबहु पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा मन्त्री आलेले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन ।
खराव मौसमका कारण मंगलबार बिहानदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । काठमाडौँको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर विमान उडान तथा अवतरणकालागि आवस्यक भिजिबिलिटी कम भएका कारण बिहानैदेखि नियमित आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमलाई निजीकरण नगर्ने र सरकारी स्वामित्वमै सञ्चालन गरिने बताएका छन । निगमको पाँचवर्षे कार्ययोजना सार्वजनिक कार्यक्रममा मन्त्री आलेले यस्तो बताएका हुन ।
निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपालको अध्यक्षमा पुनः सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन रामेश्वर थापा निर्वाचित भएका छन् । संघको २१औं वार्षिक साधारण सभाबाट थापा पुनः संघको अध्यक्षमा निर्विरोध चयन भएका हुन् । संघको सो वार्षिक साधारण सभामार्फत आगामी दुई वर्षका लागि संघले सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन थापाको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति चयन गरेको हो ।
होटल संघ नेपालले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भेटी दिगो पर्यटनको लागि सुझाव प्रस्ततुत गरेको छ । सुझाव प्रस्तुत गर्दै होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले बागमती प्रदेश पर्यटनको केन्द्र भएको हुँदा विशेष पर्यटन नीति तथा योजना बनाई विशेषगरी पर्यटन पुनरुत्थान गर्ने सहयोगी कार्यक्रमहरु शीघ्र कार्यान्वयन गरिनुपर्ने र यसबाट अन्य प्रदेशहरुले पनि सोही बमोजिमको अनुसरण गर्ने बताइन् ।
गत २४ मंसिरदेखि जारि नेपाली कांग्रेसको १४औैँ महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण अहिले काठमाडौं उपत्यकाका होटल व्यवसायी मालामाल भएका छन । कांग्रेसको महाधिवेशनमा सहभागी हुन मुलुकभरबाट आएका नेता कार्यकर्ता लगायत विभिन्न अतिथी पाहुनाहरुको भीडले अहिले राजधानीका अधिकांश होटल भरिभराउ भएका छन् ।