logo

बागमती प्रदेश सरकारले दियो पर्यटन व्यवसाय नवीकरण गर्न ३० फागुनसम्मको मौका

    1757   पटक पढिएको

२० फागुन/अर्थ र व्यापार– बागमती प्रदेश सरकारले कोरोना महामारिका कारण आफ्नो व्यवसाय नवीकरण गर्न नपाएका पर्यटन व्यवसायीलाई आगामी ३० फागुनसम्मको समय सीमा सहितको मौका दिएको छ ।
बागमती प्रदेशभित्रका हाल कायम रहेका तथा साविकमा पर्यटन विभागमा दर्ता भई अहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको उपत्यका पर्यटन कार्यालयमा दर्ता हुनुपर्ने सबै व्यवसायलाई यस्तो मौकाको सुविधा दिईएको हो ।
पर्यटन क्षेत्रसँग सम्बन्धीत ट्राभल तथा ट्रेकिङ एजेन्सी, होस्मटे, पर्यटक यातायात सेवा, जलयात्रा व्यवसाय, पर्यटकस्तरीय होटल व्यवसाय यस कार्यालयमा दर्ता हुन्छन् । यसबाहेक ट्रेकिङ गाइड, ट्राभल, रिभर गाइड र पोटरको लाइसेन्सको नविकरण छुटेको भए पनि आगामी ३० फागुनसम्म नै नविकरण गर्न सकिने भएको प्रदेश सरकारले जनाएको छ ।
बागमती प्रदेश सरकारले गरिदिएको यस्तो मौका सुविधाले कोरोनाका कारण नवीकरण नभएर व्यवसाय नै रद्द हुने अवस्थामा पुगेका सबै व्यवसायीले यसबाट निकै फाईदा लिन सक्ने भएका छन् ।
यसअघि आफ्ना उद्योग कम्पनी तथा फर्म नवीकरण नगर्दा स्वतः खारेजीमा परेका सबै व्यवसायीले अब नवीकरण गरि पुनः आफ्नो लाइसेन्स निरन्तर राख्न सक्ने बागमती प्रदेश सरकारको कार्यालयले जनाएको छ । सो कार्यालयका कार्यालय प्रमुख टंकप्रसाद भट्टराइले यस्तो जानकारी गराएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।