logo

 समानुपातिकतर्फको मतगणना सकियो, एमाले नै अगाडि

    1095   पटक पढिएको


२ पुस / अर्थ र व्यापार - काठमाडौं– मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७७ वटै जिल्लाको मतगणना सकिएको छ । निर्वाचन आयोगले मतगणना सकिएपनि अन्तिम नतिजा सार्वजनिक गर्न भने समय लाग्ने जनाएको छ । 

आयोगका प्रवक्ता नवराज ढकालले सवै नतिजा सार्वजनिक गर्न अझै समय लाग्ने बताए । उनले आयोगले अपडेट गरेको आँकडा अन्तिम नभएको पनि बताए । 
निर्वाचन आयोगले आफ्नो वेभसाइडमा चढाएको नतिजा अनुसार समानुपातिकमा एमाले नै अगाडि छ । जसले ३१ लाख ७३ हजार ४९४ छ भने कांग्रेसको ३१ लाख २८ हजार ३८९ मत रहेको छ । 

 त्यसैगरी माओवादी केन्द्रको १३ लाख ३ हजार ७२१ मत छ । त्यस्तै राजपा नेपालको ४ लाख ७२ हजार २५४ छ भने संघीय समाजवादी फोरमको ४ लाख ७० हजार २०१ छ । त्यस्तै विवेकशीला साझा पार्टीको २ लाख १२ हजार ३६३ छ भने राप्रपाको १ लाख ९६ हजार ७८२ मत आएको छ । राप्रपा प्रजातान्त्रिकको ८८ हजार ३७७ रहेको छ । 

नयाँ शक्तिको ८१ हजार ८३७ मत आएको छ भने राजमोको ६२ हजार १३४ मत आएको छ । आयोगका अनुसारअन्य दलको जम्मा ३ लाख ५५ हजार १९२ मत आएको छ । तर, आयोगका अनुसार सवै जिल्लाको मत परिणाम इन्ट्री गर्ने काम भइरहेकाले यो संख्या नै अन्तिम भने होइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।