logo

काठमाडौ क्षेत्र नं. ६ मा आफ्नो विजय सुनिश्चित भएको प्रधानको दावी

    957   पटक पढिएको


१७ कात्तिक/अर्थ र व्यापार – आगामी ४ मंसिरमा हुने निर्वाचनकालागि नेपाली काँग्रेसको तर्फबाट काठमाडौ क्षेत्र नं. ६ का प्रतिनिधी सभा सदस्य उम्मेदवार तथा पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानले आफ्नो विजय सुनिश्चित भएको दावी गरेका छन ।
सोही निर्वाचनको सन्दर्भमा बिहीबार शिक्षाविद् हरिसिंह केसीले आयोजना गरेको बरिष्ठ सञ्चारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा प्रधानले यो निर्वाचनमा आफ्नो विजय सुनिश्चित भएको दावी गरेका हुन । उनले यो निर्वाचनमा आफुले विशेषगरि पूर्वाधार विकास, स्वास्थ्य र शिक्षामा यस क्षेत्रका मतदातालाई सहज सेवा उपलब्ध गराउने प्रतिवद्धताकासाथ अघि बढेको बताएका छन ।
उनले यस क्षेत्रको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र संपदा संरक्षणमा जोड दिएर यो निर्वाचन क्षेत्रलाई नमुना सांस्कृतिक सहरको रुपमा परिचित गराउने आफ्नो लक्ष्य रहेको बताए ।
आफ्नो क्षेत्रका मतदातालाई आइपर्ने हरेक समस्यामा आफुले सक्दो सहयोग गर्ने संकल्प बोकेर जनताको घरदैलोमा निश्किएको भन्दै उनले नेपाली काँग्रेसले आफ्नो घोषणापत्र मार्फत मुलुकवासीकालागि अघि सारेका विभिन्न लक्ष्य पुरा गराउने कार्यमा आफुले सक्दो प्रयास गर्ने बताए ।
यसपाली सबैको सहयोग र मायाँले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफुले भारि मत ल्याएर विजय हुने दावी गर्दै उनले आफु विजयी भएर आएपछि काठमाडौँ क्षेत्र नम्बर ६ का नागरिकले सरकारी अड्डा र विकास निर्माणमा सहज सेवा प्राप्त गर्ने वातावरण बनाउने संकल्प गरे ।
२०४८ सालदेखि आफुले यस क्षेत्रमा नेपाली काँग्रेसको तर्फबाट राजनीति गर्दै आएको र अहिलेसम्म यहाँका जनताले निकै मायाँ गरेको स्मरण गर्दै उनले यो निर्वाचनमा पनि आफुलाई विजयी गराउन सबैको सहयोग र सहकार्य रहने अपेक्षा गरिएको बताए ।
शिक्षविद् हरिसिंह केसीले लोकतन्त्रको रक्षा गर्दै समाजबाद प्राप्तिको लक्ष्य हासिल गर्न प्रधानले यसपटक निर्वाचन जित्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।