logo

अमेरिकी संसदद्धारा जो वाइडेन ४६ औं राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित

    1626   पटक पढिएको

२३ पुस/अर्थ र व्यापार– अमेरिकी संसदले जो वाइडेन गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति निर्वाचनबाट ४६ औं राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गरेको छ ।

आज बसेको अमेरिकाको दुवै संसदको संयुक्त बैठकले वाइडेनको जित प्रमाणित गरेको हो । राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गरेसँगै वाइडेनका लागि ह्वाइट हाउसमा प्रवेश गर्ने बाटो खुलेको छ ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले इलेक्टोरल मतगणनामा वाइडेनले ३०६ मत र ट्रम्पले २३२ मत प्राप्त गरेको घोषणा घोषणा गरेको हो ।

वाइडेनले जनवरी २० मा राष्ट्रपतिका रुपमा सपथ लिनेछन् । यससँगै कमला ह्यारिस पनि उपराष्ट्रपति पदमा अनुमोदित भईसकेकी छिन् ।

चुनावमा धाँधली भएको बताउँदै आएका डोनल्ड ट्रम्पका समर्थकले बैठक चलिरहेको बेला संसद भवनमा हिंसा मच्याएका थिए। चार जनाको ज्यान गएको हिंसाका कारण बैठक अवरूद्ध भएको थियो।

संसदमा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा दिइएको चुनौति दुई तिहाई मतले अस्वीकृत भएको थियो ।

संसदको निर्णयपछि राष्ट्रपति डोनल्ड ट्रम्पले विज्ञप्ति जारी गर्दै २० जनवरीमा शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बताएका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।