logo

सिंहदरबार भित्रबाटै सरकारी गाडीको टायर चोरी

    1095   पटक पढिएको

 

२ पुस / अर्थ र व्यापार - काठमाडौं । सिहदरबार देशकै सबैभन्दा बढी सुरक्षित स्थान मानिन्छ । तर, पछिल्ला दिनमा त्यही सिंहरदरबारमा चोरीका घटना बढेको छ । कहिले ल्यापटप हराउँछ र कहिले मोबाइल । तर, अब गाडीको टायर पनि चोरी भएको छ ।

स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा१झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीका चारवटै टायर चोरी भएको हो ।गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार शाखाका प्रमुख गुरुप्रसाद शर्मालाई घर र्पुयाएर सिंहदरबारभित्रै पार्किङ गरेका थिए । तर, आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको छ । आइतबार विहान प्रमुख शर्मालाई लिनका लागि पार्किङमा आइपुग्दा चारवटै टायर नभेटेपछि श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए ।

सेना र प्रहरीको २४ घण्टे सुरक्षा रहेको ठाउँबाटै गाडीका टायर चोरी भएपछि सबै अचम्मित परेका छन् । गाडी पार्किङ गरेको स्थान र सेना र प्रहरीको ड्यूटी स्थल मुस्किलले २० मिटरको दुरीमा छ । प्रहरीले भने चोरी कार्य ड्राइभरहरुबाटै हुनसक्ने आशंका गरेको छ ।अरुलाई गाडीका पार्टपूर्जा सम्बन्धी जानकारी नहुँने भएकोले ड्राइभरहरुले नै यस्तो गरेको हुनसक्ने प्रहरीको भनाइ छ । चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।