logo

संसद विघटनः वैशाख १७ र २७ गते आम निर्वाचन

    1833   पटक पढिएको

५ पुस/अर्थ र व्यापार– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव स्वीकृत गर्दै आइतवार अपरान्ह संसद विघटन गरेका छन् । 

राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा ताजा जनादेशका लागि निर्वाचनको मिति तय गरिएको जनाएको हो ।

संसद विघटनसंगै आगामी बैशाख १७ मा पहिलो र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभा निर्वाचन हुने घोषणा राष्ट्रपति कार्यालयले गरेको छ । 

आफ्नै पार्टीबाट प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्तावको तयारी भइरहेको कारण प्रधानमन्त्री ओलीले आइतबार नै मन्त्रिपरिषद् बैठक बोलाएर सरकार विघटनको प्रस्ताव ल्याएका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद विघटन गरी आमचुनावको लागी गरिएको प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा स्विकृत गरेको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा १, ७ तथा ८५ अनुसार प्रस्ताव स्वीकृत गरिएको उल्लेख छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।