logo

नेपाली कांग्रेस जिल्ला सभापतिको भेला ककनीमा, ककनी घोषणापत्र जारी गरिने

    1539   पटक पढिएको

१२ मंसिर / अर्थ र व्यापार- नेपाली कांग्रेसको विधान केन्द्रित जिल्ला सभापतिहरुको भेला बुधवारवाट नुवाकोटको ककनीमा सुरु भएको छ । भेलामा ५८ देखि ६० जिल्ला सभापति सहभागी भएका र केही जिल्लाबाट आउने क्रममा नै रहेको नुवाकोट जिल्ला सभापति जगदिशनरसिंह केसीले वताए ।

भेलामा पार्टीको संशोधित विधानमा केन्द्रित भएर छलफल गर्ने तयारी छ । त्यस्तै सरकारका काम कारबाहीका विषयमा एकढिक्का भएर प्रस्तुत हुन र प्रतिक्रिया दिन केन्द्रीय नेतृत्वलाई भेलामार्फत दबाब पनि दिने केसीले बताए । राष्ट्रिय राजनीति र पार्टीभित्रका अन्य विषयमा पनि जिल्ला सभापतिहरुले बुधबार र विहीबार धारणा राख्नेछन् । बिहीबार दिउँसो ककनी घोषणापत्र जारी गरी जिल्ला सभापतिहरुको भेला सकिने केसीले जानकारी दिए ।

नेपाली कांग्रेसको विधान मस्यौदा संशोधन समितिले केन्द्रीय समितिमा फरकमत सहित प्रतिवेदन पेस गरेको छ । उक्त प्रतिवेदनमा पदाधिकारीको संख्यादेखि सदस्यताका विषयसम्म फरक मत छन् । ती फरक मतका सन्दर्भमा मंगलबार नै केन्द्रीय सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले छुट्टाछुट्टै भेला गरेकै दिन जिल्ला सभापतिहरुको भेला आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।