logo

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आज बस्दै ,  नेकपाको संसदीय दलको बैठक पनि आजै बस्ने

    1226   पटक पढिएको

११ पुस /अर्थ र व्यापार - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । मंसिर २९ देखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले पार्टी र सरकार सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।

बैठकमा दुवै अध्यक्षको तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि मिश्रित प्रतिक्रिया प्राप्त भएको महासचिव विष्णु पौडेलले बताए । राजनीतिक प्रतिवेदनको विशेषतः पूर्व एमालेभित्र माधव नेपाल पक्षधर नेताहरुले आलोचना गरेका छन् । त्यस्तै झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेता पनि प्रतिवेदन पुनर्लेखनको पक्षमा छन् ।

पूर्व एमालेभित्रको केपी ओली पक्षका नेताहरुले प्रतिवेदनका साथै सरकार र पार्टी नेतृत्वको बचाउ गरेका छन् । त्यस्तै पूर्व माओवादीभित्र प्रचण्ड र बादल निकट नेताहरुले पनि राजनीतिक प्रतिवेदनमा सुधार र सरकारको कामबारे प्रश्न उठाए पनि उनीहरु नेतृत्वको बचाउमा उभिएका छन् ।

जनार्दन शर्मा र देवेन्द्र पौडेल बाहेक सबै स्थायी कमिटीका सदस्यहरु बैठकमा सहभागी भएर आ-आफ्नो धारणा राखेको नेकपाले जनाएको छ । सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रतिवेदन आवश्यक सुझाव समेटेर पारित हुने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । विहान ८ बजेदेखि शुरु भएको बैठकमा अध्यक्षको तर्फबाट जवाफ दिने क्रम चलिरहेको स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए । स्थायी कमिटी बैठकपछि आजै नेकपाको संसदीय दलको बैठक बस्दैछ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।