logo

अर्बपति चौधरी कांग्रेस प्रवेश, 

    1818   पटक पढिएको


कात्तिक १३ / अर्थ र व्यापार - काठमाडौं । उद्योगपति विनोद चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनलाई समानुपातिक सूचीबाट सांसदको उम्मेद्वार बनाएको कांग्रेसको संसदीय बोर्डका एक सदस्यले पुष्टि गरे ।
चौधरी एक दशकपछि राजनीतिमा फर्किएका हुन् । २०६४ सालको संविधान सभा निर्वाचनमा एमालेले उनलाई  समानुपातिक सभासद बनाएको थियो। २०७० सालको चुनावमा उनी प्रत्यक्षबाट उम्मेद्वार बन्ने चर्चा चलेको थियो। तर, उम्मेद्वारी  दिएनन् । एमालेभित्र माधव नेपाल निकट रहेका उनी केपी ओली पावरमा आएसँगै ‘कर्नरिङ’मा परेका थिए। ओलीले उपेक्षा गरेपछि उनी एमालेबाट क्रमशः टाढा हुँदै गएका थिए । एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका प्रिय रहेका चौधरीको कांग्रेस नेताहरु पनि सुरु देखिनै निकट सम्बन्ध थियो । 
 
अहिले चौधरीलाई आफ्नो दलमा ल्याउने कांग्रेस महामन्त्री सशांक कोइरालाले विशेष पहल गरेका थिए । कोइरालाको निर्वाचन क्षेत्र (नवलपुर १) मा चौधरीको उद्योग ग्राम रहेको छ । कोइराला सहित नेता रामचन्द्र पौडेल एवं बालकृष्ण खाँड लगायतले पनि चौधरीलाई कांग्रेसमा ल्याउन पहल गरेको स्रोतले जानकारी दियो । 
 चौधरी आफ्नो दलमा प्रवेश गरेको बारे कांग्रेसले सोमबार दिउँसो विज्ञप्ती जारी गर्ने स्रोतले बताएको छ । 
 
चौधरी प्रसिद्ध म्यागेजिन फोर्ब्सको अर्बपति सूचीमा परेका एकमात्र नेपाली व्यवसायी हुन् । फोर्ब्सका अनुसार उनको अहिलेको सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर एक खर्ब ३५ अर्ब रुपैयाँ हाराहार रहेको छ । टाटा समूहको सहकार्यमा उनले एसिया, अमेरिका, अफ्रिका लगायत बिभिन्न मुलुकमा होटल सञ्जाल विस्तार गरेका छन् । त्यस बाहेक वाइवाइ चाउचाउलाई पनि विश्वभर फैलाउने मिसन लिएका छन् । भारतका बिभिन्न राज्यमा वाइवाइको उद्योग स्थापना गरि सकेका चौधरीले केही समय अघि युरोपमा समेत प्लान्ट लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।