logo

नेपालले खोप ल्याउन नसक्नु कुटनीतिक असफलताः जितेन्द्र देव 

    1346   पटक पढिएको

२३ असार/अर्थ र व्यापार– नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र देवले नेपालले खोप ल्याउन नसक्नुमा सरकारको कुटनीतिक असफलता भएको बताएका छन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै देवले बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानले अमेरिका र युरोपेली देशको सहयोगमा खोप ल्याइरहेका बेला नेपालले नसक्नु सरकारको कुटनीतिक असफलता भएको बताएका हुन् ।

देवले अमेरिकी सरकारको सहयोगमा बंगलादेश र पाकिस्तानले मोडेर्ना कम्पनीको २५ लाख डोज, भुटानले डेनमार्कबाट २५ लाख डोज र श्रीलंकाले अमेरिकी सरकारको सहयोगमा फाइजरको खोप ल्याएको भन्दै नेपाल सरकार खोप ल्याउन असफल भएको बताएका हुन्।

देवले नेपालको पनि अमेरिका र युरोपेली देशसंग दशकौंदेखि परम्परागत र मित्रगत सम्बन्ध रहेको भन्दै नेपालले किन खोप ल्याउन नसकेको भनी प्रश्न गरेका छन् । उनले कमिसनकै कारण नेपालले किनिसकेको सेरम इन्ष्टिच्युटको खोप समेत ल्याउन नसकेको टिप्पणी गरे । 

राष्ट्रियसभा सदस्य देवले राजनीतिक नेतृत्वलाई कूटनीतिक ज्ञान नहुँदा देशको कूटनीति असफल भएको बताए । उनले प्रधानमन्त्री वा परराष्ट्रमन्त्रीले गर्नुपर्ने पहल राष्ट्रपतिमार्फत विभिन्न राष्ट्रप्रमुखलाई खोपका लागि चिठी लेखाएर सरकारले बचपना कूटनीति गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।