logo

रुकुममा मतपेटिका बोकेको कर्मचारीहरुलार्ई लक्षित गरी बम प्रहार

    1011   पटक पढिएको


११ मङिसर / अर्थ र व्यापार - रुकुम– चौरजहारीबाट जिल्ला सदरमुकाम मुसीकोट खलंगा ल्याउँदै गरेको मतपेटिका बोकेका कर्मचारीहरुलाई लक्षित बम विस्फोट भएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ६ घर्तीकाँडामा बम विस्फोट भएको हो । आइतबार साँझ ९ः५० बजे बम प्रहार भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । उक्त टोलीले चौरजहारी नगरपालिकाका ६, १०, ११, १२, १३ र १४ वटाका मतपेटीकाहरु ल्याइँदै थियो । बाटोमाथि बम परेकाले मतपेटिका र कमर्चारहरुलाई क्षति पुगेको छैन ।

बम प्रहार भएपछि उक्त मतपेटीकाहरु इलाकार प्रहरी कार्यालय चौरजहारीमा लगिएको थियो । उक्त मतपेटिकाहरु आज जिल्ला सदरमुकाम ल्याउने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मत पेटीकाहरु जिल्ला सदरमुकाम मुसीकोट खलंगा आउने क्रम जारी छ । यहाँका मतहरु सुरक्षा व्यवस्थाका साथ जिल्ला समन्वय समितिमा राखिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनविरोधी गतिविधि गर्नेले उक्त बम प्रहार गरेको हुन सक्ने प्रहरी प्रशासनले अनुमान गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।