logo

कालीकोटमा फेरि अनिश्चितकालीन कर्फ्यु

    1000   पटक पढिएको

 

९ पुस / अर्थ र व्यापार - कालीकोट । कालीकोटमा पुनः अनिश्चितकालीन कर्फ्यु लगाइएको छ । विहान २ घण्टाका लागि हटाइएको भएपनि फेरि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी  दिए ।
 प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा शुक्रबारदेखिनै कफ्र्यु लगाइएको छ । प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार स्थिति सामान्य नबनेसम्म कर्फ्यु जारी रहने छ ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् । घटनाबारे छानविन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव डा। मानबहादुर विकको संयोजकत्वमा समिति गठन गरेको छ । मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयसमेत गरिसकेको छ ।
यसैबीच सरकारले गठन गरेको छानविन समितिप्रति समेत मृतकका आफन्तले असन्तुष्टि जनाएका छन् । सरकार पक्षका व्यक्तिहरुलाई मात्रै समेटेर छानविन समिति बनाइएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।
आफन्त र स्थानीयवासीले छानविन समितिमा जिल्लाका जनप्रतिनिधिहरुलाई समेत राख्न माग गरेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।