logo

प्रगतिशील समूह र लोकतान्त्रिक समूहका इन्जिनियरहरु प्यानलसहित प्रतिस्पर्धामा, चुनाव आज हुदैँ

    1573   पटक पढिएको

२८ मंसिर/ अर्थ र व्यापार -  नेपाल इन्जिनियर्स एशोसियन (एनईए)को नयाँ नेतृत्व चयन आज हुँदैछ । नयाँ नेतृत्वको लागि प्रगतिशील समूह र लोकतान्त्रिक समूहका इन्जिनियरहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रज्ञा भवन कमलादीमा बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहको नेतृत्व प्रा.डा. त्रिरत्न बज्राचार्यले र लोकतान्त्रिक समूहको नेतृत्व ई.प्रा.हिरेन्द्रमान प्रधानले गरेका छन् ।

३२ औं कार्यकारिणी समिति र सातवटै प्रादेशिक कार्यकारिणी समिति चयनका लागि मतदान हुनेछ । केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ जना चुनिनेछन् । एशोसिएसनको कार्यकारिणी समितिको पदावधि दुई वर्ष हुन्छ ।

प्रगतिशील र लोकतान्त्रिक दुवै समूहले व्यवसायिक हकहितका एजेण्डा उठाएका छन् । लोकतान्त्रिक समूहको घोषणापत्रमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा, सम्मानजनक रोजगारी, सेवा सुविधा र क्षमता अभिवृद्धि लगायतका विषयहरु छन् । चुनावलाई स्वच्छ, निस्पक्ष बनाउने उद्देश्यले मतदानस्थलमा मोबाइल लैजान र फोटो खिच्न निषेध गरिएको छ । एशोसिएसनबाट वितरण गरिएको परिचयपत्र नक्कली बनाउन सकिने भएकाले आफ्नो परिचय खुल्ने अन्य सरकारी परिचय पत्र पनि साथमै लिएर जानुपर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।