logo

आजबाट आयोगले प्रत्यक्षतर्फका मतपत्र छाप्ने,

    1452   पटक पढिएको

 

 

कात्तिक १० / अर्थ र व्यापार -निर्वाचन अयोगले प्रदेश र प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका मतपत्र पूर्विनर्धारित कार्यक्रम अनुसार नै आज  शुक्रबार बाट छाप्न सुरु गर्ने भएको छ ।

 

सर्वोच्च अदालतले बुधबार फरक–फरक मतपत्र छाप्ने विषयमा भएको प्रगति विवरण तीन दिनभित्र पठाउने आदेश दिए पनि सो आदेशको औपचारिक पत्र आइनसकेकाले आयोगले पूवनिर्धारित कार्यक्रम अनुसार नै मतपत्र छाप्न लागेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसद यादवले बताए  ।

शुक्रबार बिहान सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै प्रमुख आयुक्त यादवले भने, ‘पूवनिर्धारित कार्यंक्रमअनुसार आजदेखि नै प्रत्यक्षतर्फको मतपत्र छापिन्छ ।’आयोगले समानुपातिकतर्फको मतपत्र छापिसकेको छ। उसले यसअघि नै कात्तिक १० गतेदेखि नै प्रत्यक्षतर्फको मतपत्र छाप्ने योजना त्रबनाएको थियो ।

यसअघि बुधबार राजपा नेता सर्वेन्द्रनाथ शुक्लले प्रत्यक्षतर्फको मतपत्र दुई अलग पानामा छाप्नुपर्ने विषयमा अदालतको कात्तिक १ गतेको आदेशको मर्मअनुसार काम नभएको भन्दै हालेको मानहानी मुद्दामा सर्वोच्चले दुई मतपत्र छाप्नु वाध्यकारी भएकाले त्यस विषयमा भएको प्रगति विवरण तीन दिनभित्र अदालतलाई पठाउन आयोगलाई आदेश दिएको थियो ।बिहीबार र शुक्रबार सार्वजनिक विदा परेकाले आयोगले सर्वोच्चको औपचारिक पत्र पाइनसकेकाले पूर्व्निर्धा्रित कार्यक्रमअनुसार नै मतपत्र छाप्न लागिएको हो ।

 

सर्वोच्चको आदेशपछि वामगठबन्धनका नेताहरुले मतपत्रको प्राविधिक विषयलाई लिएर मंसिर १० र २१ गते तोकिएको निर्वाचनलाई प्रभावित पार्ने काम नगर्न चेतावनी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।