logo

निर्मलाका हत्यारालाई सरकारले लुकाएको डा.गोविन्द केसीको आरोप

    1346   पटक पढिएको

११ मंसिर / अर्थ र व्यापार- प्रा. डा. गोविन्द केसीले सरकारले नै निर्मला पन्तका हत्यारालाई लुकाएको आरोप लगाएका छन् । निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सुरु गरिएको धर्नामा आफनो ऐक्यबद्धता जाहेर गर्न मंगलबार महेन्द्रनगर पुगेका डा.केसीले  आफू न्यायका लागि आएको बताए । घटना भएको चार महिना पुग्दासम्म पनि सरकारले अपराधीको पहिचान गर्न नसकेको भन्दै उनले सरकारलाई छिटो अपराधी पक्राउ गर्न माग गरे । 

निर्मला पन्तको परिवार र अधिकारकर्मी लगायतले सुरु गरेको अनिश्चितकालीन धर्नामा केसीले मंगलबार धर्ना स्थलमै पुगेर ऐक्यवद्धता जनाए । निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साताको अल्टिमेटम दिएको भोलिपल्ट डा.केसी महेन्द्रनगरस्थित अनशनस्थल पुगेका हुन् । हत्यारा पक्राउ नगरे पुस ३ गतेदेखि आमरण अनशन बस्ने डा.केसीको चेतावनी छ ।

गत कात्तिक २५ गतेदेखि छोरी हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै निर्मलाको बुबाआमा लगायत आफन्तले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटमा अनिश्चितकालिन २४ घण्टे धर्ना गरेका छन् । धर्नाकै क्रममा निर्मलाका बुबाको स्वास्थ्यमा समस्या देखिएपछि हाल उनी उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।