logo

रेल विभागको महानिर्देशकमा दीपक भट्टराई नियुक्त

    1605   पटक पढिएको

२० असार/अर्थ र व्यापार– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल विभागको महानिर्देशकमा दीपक भट्टराईलाई नियुक्त गरेको छ ।

आइबारको मन्त्रिस्तरीय निर्णयले मन्त्रालयको योजना महाशाखाका प्रमुख भट्टराईलाई रेल विभागको महानिर्देशकमा नियुक्त गरेको हो । आइतबार नै उनले पदभार ग्रहण गरेका छन् ।

विभागकी महानिर्देशक प्रमिला बज्राचार्य बढुवा भएर खानेपानी मन्त्रालयको सचिव भएपछि भट्टराईलाई रेल विभाग नियुक्त गरेको हो ।

भट्टराईले २०४७ सालमा सडक विभागको सहायक इन्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए। २०७४ सालमा सहसचिवमा बढुवा भएका भट्टराईले निमित्त क्षेत्रीय निर्देशकको भूमिका पनि निर्वाह गरिसकेका छन् । 

रेल विभागले अहिले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, चीन र भारत दुवैतिर काठमाडौंलाई जोड्ने रेलमार्ग, उपत्यकामा मेट्रो,जयनगर– जनकपुर–बर्दिवास रेलमार्ग निर्माण लगायत सरकारी प्राथामिकताका योजनाको नेतृत्व गरिरहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।