logo

प्रतिपक्षको नाराबाजीका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

सरकार अधिनायकवादी भएको देउवाको भनाई

    1633   पटक पढिएको

११ माघ / अर्थ र व्यापार- शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । संसद बैठकमा कांग्रेसको अवरोध र नाराबाजीका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतबाट पारित भएको हो । 

कांग्रेस सांसदहरुले नाराबाजी गर्दागर्दै सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । मन्त्री पोखरलले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे । लगत्तै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाइयोस् भन्ने पास भयो ।

त्यसपछि सभामुख महराले मन्त्री पोखरलाई फेरि समय दिएपछि विधेयक पास होस् भन्ने प्रस्ताव पेश गरे । तरपछि नाराबाजीका बीच सभामुखले विधेयक पारित भएको घोषणा गर्दै संसद बैठक सके । 

आफ्नो नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक पास भएपछि प्रमुख विपक्षी कांग्रेस सरकार र सभामुखप्रति थप आक्रमक बनेको छ । संसद बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादी भएको बताए । साथै सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको उनले बताए । अब सदन र सडकमा संघर्ष गर्ने देउवाले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।