logo

विप्लव समूहका दुई नेता जेल चलान

    1143   पटक पढिएको

 

 

१२ पुस / अर्थ र व्यापार - उदयपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र अर्का सदस्य बलबहादुर मगरलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धित मुद्दामा जेल चलान गरिएको हो । सुवेदी र मगरलाई मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको समय अगाडि निर्वाचन भाँड्न विस्फोटक पदार्थ प्रयोग गरेर जिल्लाका विभिन्न स्थानमा बम विस्फोट गरेको आरोप छ ।

यस्तै, मंसिर १६ गते उदयपुरगढीको दनुवारबेँसीमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका नारायणबहादुर कार्की र उनका सल्लाहकार मीरा कटुवालसहितको टोलीको गाडीलाई लक्षित गरेर एम्बुस विस्फोट गराएर ज्यान मार्ने उद्योग गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेर हिरासतमा राखेर मुद्दा चलाइएको प्रहरीले बताएको छ ।

अब उनीहरुलाई अदालतमा मुद्दा चलिसकेका कारण पुर्पक्षका लागि जेल चलान गरिएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।