logo

विवेकशील र साझाबीच पुनः एकता हुँदै

    1784   पटक पढिएको


१५ मंसिर/अर्थ र व्यापार– साझा र विवेकशील पार्टीबीच पुनः एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताईएको छ।

यसअघि एकताको १७ महिनापछि साझा र विवेकशील पार्टी विभाजन भएको थियो । तर गत असारबाट दुवै पार्टीले पुनः एकताको प्रयास गरेका थिए ।

साझाले केन्द्रिय कमिटीबाट एकता प्रस्ताव पारित गरेको छ भने विवेकशीलले आफ्नो तल्ला कमिटीहरुसम्म नै प्रस्तावमाथि मतदान गराएको थियो । पार्टीका दुईतिहाई सदस्यले एकताको प्रस्तावमा मतदान गरेका छन्।

एकतालाई अन्तिम चरणमा पु¥याएको भन्दै केही प्रक्रियतागत कुराहरू पूरा भए एकहप्ताभित्र एकतालाई अन्तिम रूप दिने एक नेताले जानकारी दिए । उनले केन्द्रमा दुईजना संयोजक राख्ने वा दुवैजनालाई अध्यक्ष नै भनेर जाने भनेर पनि छलफल गरिरहेको जानकारी दिए । 

साझाकी नेतृ समीक्षा बास्कोटाले नेतृत्वलगायतका सबै विषयमा सहमति नजिक पुगेको बताईन् । बास्कोटाका अनुसार पार्टीका विभिन्न कमिटीहरुलाई बराबरीको सिद्धान्तका आधारमा समायोजन गरिने जानकारी दिईन् ।

एक नेताका अनुसार साझा पार्टीका संयोजक रवीन्द्र मिश्र एकीकृत पार्टीको अध्यक्ष र विवेकशीलका अध्यक्ष मिलन पाण्डे दोस्रो वरियतामा रहने गरी संयोजक बन्ने अनौपचारिक समझदारी बनेको बताए । 

एकीकृत पार्टीको नाम पहिले एकता हुँदा कै नाम ‘विवेकशील साझा पार्टी’ रहने टुंगो लागिसकेको छ । एकीकृत पार्टीका सैद्धान्तिक विषयहरुलाई एकता महाधिवेसनबाट टुंग्याउन दुवै दल तयार भएका छन् ।

हाललाई दुवै पार्टीले बोकेका नीति तथा सिद्धान्तलाई स्वीकार्ने सहमति भएपनि गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा दुई पार्टीबीच केही मतभिन्नता रहेका छन् । 

साझा यी एजेन्डाहरुमाथि जनमतसंग्रह गर्नुपर्ने पक्षमा छ भने विवेकशील वर्तमान संविधानलाई नै स्वीकार्नुपर्ने पक्षमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।