logo

७२ घण्टे मौन अवधि सुरु

    1277   पटक पढिएको

 

   १९ मंसिर  / अर्थ र व्यापार - दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ । मंसिर २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मौन अवधि लगाएको हो । मौन अवधि सुरु भएपछि मतदान सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता कसैले पनि चुनावी प्रचार गर्न पाइँदैन । यस्तै सञ्चारमाध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी समचार प्रकाशन, प्रसारण, मत सर्वेक्षण गर्न नहुने भन्दै आयोगले आचारसंहिता विपरितका कार्य नगर्न नगराउन अनुरोध गरेको छ । आयोगले मौन अवधिमा मतदाता शिक्षा सामग्री, सूचना वा सन्देश प्रवाह गर्न पाइने जनाएको छ । 

 

दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । दोस्रो चरणका लागि मंसिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । प्रतिनिधिसभाका १२८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६६३ तथा प्रदेशसभा सदस्यतर्फ २५६ क्षेत्रबाट २ हजार ८१९ जना उमेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।आगामी निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आयोगले जनाएको छ । पहिलो चरणअन्तर्गत मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा तर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भइसकेको छ । निर्वाचन आयोगले २१ गते साँझबाट मतगणना सुरु हुने जनाएको छ ।

 

निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने 

मौन अवधि सुरु हुनु अगावै मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचार सामग्री हटाउनुपर्ने एसएमएस, फेसबुक,भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचारप्रसार गर्न नहुनेराजनीतिक दलको प्रचार प्रसार हुने गरी समाचार प्रकाशन प्रसारण गर्न नहुने  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।