logo

तदर्थ समिति गठनको माग गर्दै कांग्रेस कार्यालयमा नेविसंघको अनशन

    1205   पटक पढिएको

८ चैत/अर्थ र व्यापार – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघले अनशन सुरू गरेका छन्।
नेविसंघ नेतृत्वविहीन भएको लामो समय भइसकेको छ ।
नेविसंघ अध्यक्ष राजिब ढुंगाना कांग्रेस १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि उनको पद स्वतः रिक्त भएको थियो ।
नेविसंघ लगायत कांग्रेसका ५ भातृ संस्थाका प्रमुखहरू कांग्रेस केन्द्रीय सदस्य बनेपछि ती पद रिक्त भएको लामो समय भइसकेको छ ।
नेविसंघमा तदर्थ समिति गठन गर्न माग गर्दै सोमबारदेखि पार्टी कार्यालयमा अनशन सुरू भएको थियो । मंगलबार पनि अनशन निरन्तर छ ।
नेविसंघ विधानको पूर्ण कार्यान्वयन हुनुपर्ने, सबै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व कायम हुने गरी तदर्थ समिति बनाइनुपर्ने, चुनावमा युवा तथा विद्यार्थी परिचालनको वातावरण बनाउनुपर्ने लगायत माग राखेर अनशन भएको हो। नेविसंघ संघर्ष समितिले नेविसंघको १२ औं महाधिवेशन सुनिश्चित गर्न पनि माग गरेका छन्। नेविसंघ नेताहरू सञ्जयजंग थापा, विवेक बानियाँ, सूर्य सत्याललगायत अनशन बसेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।