logo

पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षमा थापा  

    1776   पटक पढिएको

१४ असोज / अर्थ र व्यापार – नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षमा अन्जन थापा ‘कुमार’ चयन भएका छन । संगठनको बिहीबार राजधानीमा सम्पन्न भेलाले थापाको अध्यक्षतामा ६९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 
संगठनको पुर्नरगठित नयाँ कार्य समितिको उपाध्यक्षहरुमा रामकृष्ण तिमल्सिना ,अर्जुनलाल प्रधान, बिरेन्द्र अधिकारी , दामोदर ढकाल, हरिभक्त श्रेष्ठ, धनबहादुर गुरुङ, तेञ्जिङ्ग शेर्पा र  गणेश रिमाल चयन भएका छन । 
यसैगरि, संगठनको महासचिवमा बद्रि तिमल्सिना, उप महासचिवमा नवराज गौली र केशब धिताल रहेका छन । त्यसैगरि, सचिवहरुमा प्रदिप पण्डित, सुमन न्यौपाने, बिष्णु बाराकोटी ,अच्युत गुरुङ, तिलक लोहोनी चयन भएका छन ।  त्यसैगरि, संगठनको कोषाध्यक्षमा नवराज थापा, सह –कोषाध्यक्षमा सुनिल सिलवाल चयन भएको सो संगठनका नवनिर्वाचित सचिव प्रदिप पण्डितले जानकारि दिए । 
सचिव पण्डितका अनुसार कुल ६९ सदस्यीय नयाँ कार्यसमितिमा ५० जना केन्द्रिय सदस्य र अन्य पदाधिकारीहरु रहेका छन । नेकपा एकिकृत समाजवादीका नेता मुमुन्द न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो भेलामा पर्यटन क्षेत्रमा समलग्न विभिन्न संघ संस्थामा आवद्ध व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।