logo

नेकपा एकीकृत समाजवादीले आजदेखि कार्यालय सञ्चालनमा ल्यायो  

यस्तो छ समाजवादीको केन्द्रीय कार्यालय, मासिक भाडा ३ लाख २५ हजार रुपैयाँ 

    1303   पटक पढिएको

१ असोज / अर्थ र व्यापार – नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले शुक्रबारदेखि औपचारिक रुपमा आफ्नो केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । उसले काठमाडौँको बानेश्वरको मिनभवनस्थित आलोकनगरमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको जनाएको हो ।
सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले बानेश्वर– मिनभवन आलोकनगरस्थित पूजा थापा बस्नेतको घरमा भएको केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् । अध्यक्ष नेपालले आफ्ना दलका अन्य नेताहरु एवं कार्यकर्ताको ठुलो भीडकाबीच शुक्रबार बिहान सो पार्टी कार्यालयको उदघाटन गरेका हुन ।

हाल यस कार्यालयको मासिक भाडा तीन लाख २५ हजार रुपैयाँ तिर्ने सम्झौता भएर सञ्चालन गरिएको नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार कुल भुइँतलासहित चार तले सो घरको मालिक पूजा थापा बस्नेत हुन् । यस घरमा १५ वटा कोठाहरु रहेका छन् ।
यस कार्यालय शुक्रबार बिहान १० बजेदेखि सञ्चालनमा आएको हो । कार्यालय उद्घाटनको क्रममा अध्यक्ष नेपालले आगामी दिनमा दलले सबैबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताए । 
हाल यस पार्टीले संसदीय दलमा समेत आफ्नो छुट्टै दलको कार्यालय सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै प्रदेशसभाहरुमा समेत एकीकृत समाजवादी पार्टीले मान्यता पाइसकेको छ । गत २ भदौमा एमालेबाट अलग भएर एकीकृत समाजवादी नयाँ दल बनेको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।