logo

प्रधानमन्त्री देउवाका छोरा जयवीरसिंहले लिए काँग्रेसको सदस्यता

    1045   पटक पढिएको

२३ भाद्र /अर्थ र व्यापार – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पनि नेपाली काँग्रेस पार्टीको सदस्यता लिएका छन् । २६ वर्षीय देउवाले उनकै बुबाको गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसको सदस्यता लिएका हुन् ।
काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष चेतराज पनेरुले कुल एकसय ८० जना मध्ये ९६ जना नयाँ सदस्य थपिएको बताउँदै त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पनि नयाँ सदस्यता लिएको बताए । 
बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीतिशास्त्रमा एमए गरेका प्रधानमन्त्री पुत्र जयवीरसिंहले अहिले आएर नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिनुलाई निकै चासोका साथ हेरिएको छ । यसअघि नागरिकता लिएको धेरै वर्ष भईसके पनि उनले पार्टीको सदस्यता प्राप्त गरेका थिएनन् । अहिले आएर उनले नयाँ सदस्यता लिनुलाई नेपाली काँग्रेस कार्यकर्ता एवं पार्टीभित्र पनि निकै चासोकासाथ हेरिएको सोही पार्टीका कार्यकर्ताहरुले बताएका छन । 

अहिले प्रधानमन्त्री देउवाका छोरा जयवीरसिंहलाई त्यहाँको वडाबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित गरेर पठाउने तयारी समेत वडा कमिटिले गरेको बताईएको छ । वडाबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएपछि अब जयवीरसिंह देउवा पनि मुलुकको सक्रिय राजनीतिमा आउने अनुमान गरिएको काँग्रेस कार्यकर्ताहरुबीच चिया गफ हुन थालेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।