logo

नेपाल उद्योग परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेट

निजी क्षेत्रको लगानी अभिवृद्धिमा सरकारले सहयोग गर्ने

    1458   पटक पढिएको



५ साउन/अर्थ र व्यापार– नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा सहयोग गर्न आफू सधैं तयार रहेको बताएका छन् । 

प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको लागि आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि सरकार तयार रहेको बताए । उनले नेपाली कांग्रेसले निजी क्षेत्रलाई सधैं प्रवर्द्धन गरेको पनि बताए । 

प्रधानमन्त्री देउवाले परिसंघले अघि बढाएको 'मेक इन नेपाल’ अभियानले नेपाली वस्तुको उत्पादन र उपभोग बढाउन महत्तवपूर्ण भूमिका निर्वाह गर्ने भन्दै अभियानले नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने औजार बन्ने विश्वास व्यक्त गरे।

भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्दै आयातमुखी नेपाली अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन निजी क्षेत्र प्रयासरत रहेको बताए । यसको लागि निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको बताए । 

परिसंघ अध्यक्ष मोरले नीतिगत स्थिरताले लगानी बढाउन सहयोग गर्ने भन्द नीतिगत सहजीकरणमार्फत् लगानी अभिवृद्धिको वातावरण बनाउन पनि प्रधानमन्त्रीसँग आग्रह गरे । 

परिसंघका निवर्तमान् अध्यक्ष हरिभक्त शर्माले सरकारले साथ दिए नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन र यसको नेतृत्व गर्न निजी क्षेत्र सक्षम रहेको बताए ।

यसैगरी, परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले विद्यमान संकटसँग जुध्न कोभिडविरुद्धको भ्याक्सिन उपलब्धतामा सरकारले ध्यान दिनुपर्ने बताए । 

प्रधानमन्त्रीसंगको भेटमा परिसंघका महानिर्देशक यादवप्रसाद पौड्याल, उपाध्यक्षहरू निर्वाण चौधरी, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डेलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।